रियल मड्रिडले जिदान लाई दियो धोका
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ११:१७
स्पेनीस ला लिगको नयाँ सिजनको प्रि सिजन आउन दुई महिनाको समय बाँकि छ । त्यसका लागि यो सिजन निकै खराव प्रर्दशन गरेको रियल मड्रिड ले नयाँ रणनितीका सिजन सुरु गर्ने योजनामा ठुलो धक्का लागेको छ ।
तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि क्लवबाट बाहिरीएका जिदानलाई फेरी रियलले नयाँ सिजनका लागि उनले चाहेको किसिमले टिम बनाउन पाउने भन्दै लोभ देखाएर फर्काएको थियो ।

तर प्रिसिजनको प्रशिक्षण सुरु हुन दुई महिना बाँकि रहेका बेला जिदान खेलाडी अनुबन्धको योजना बनाइरहँदा अन्तिममा रियलले खेलाडी किन्नका लागि धेरै बजेट नभएको बताएको छ । रियलले नयाँ खेलाडी अनुबन्धका लागि इडेन हाजार्डलाई तिर्ने ९० मिलियन पाउण्ड खर्च गर्ने बताएको छ । जसका कारण जिदानको योजना कमजोर बनेको छ ।

रियलमा अहिलेपनि कुल ३५ खेलाडी रहेका छन । उनले केहि खेलाडीलाई विक्रि गर्ने बताइरहँदा राम्रो अफर नआएकाले रियल केहि दबावमा परेको छ । कुनै खेलाडी विक्रि नहुँदासम्म उसले पहिलो चरणमा हाजार्डलाई भित्र्याउने भएको छ ।
गत सिजन टिममा रहेका २५ खेलाडी बाहेक यसपटक उसका लोनमा गएका खेलाडी र नयाँ गरेर कुल ३५ पुग्ने भएका छन । जसमा रियलसँग चार वटा गोलकिपर अझै रहेका छन । जसमा एन्ड्रे लुनीन अर्को सिजनसम्म क्लवमा बस्ने इच्छामा छन । केइलोर नाभासले रियलबाट बाहिरीने भएपनि अझैपनि कुनै टिमले उनलाई अफर गरेको छैन ।
यस्तै आउँदो सिजन पहिलो रोजाइका गोलकिपर बन्ने तयारीमा रहेका थिबाउट कोर्टियोसको पहिलो संस्करण खासै राम्रो रहन सकेन । यस्तैमा जिदानका छोरा लुकापनि टिममा रहेका छन ।
यस्तैमा डिफेन्समा पनि रियलमा डेनी कारभाजेल र अल्भारो दाँया, सर्जियो रेगुइलोन र मार्सेलो बायाँ साइटमा छन । जिदान लियोनका फेरलान्ड मेन्डीलाई अनुबन्ध गर्ने योजनामा रहेपनि त्यसका लागि कुनै एक डिफेन्डर बाहिरीनुपर्नेछ ।
मिडफिल्डमा पनि जिदानले खेलाडी विक्रि नगरेमा अर्को भित्र्याउन कठिन देखिएको छ । यस्तैमा हामेस रोद्रिगुइजपनि बार्यन म्युनिखको लोन सकिएपछि फर्किदैछन । बार्यनले उनलाई सधैका लागि सम्झौता गर्न अस्विकार गरेको छ । यस्तै लुकास सिल्भा, माटियो कोभाकिक, थियो हर्नान्डेज पनि लोन सकिएर फर्किदैछन ।
खेलाडीको सख्या धेरै र अरु क्लवले पनि अनुबन्धको इच्छा नदेखाएका कारण यदिबेला जिदानलाई ठुलो दबाव परेको छ । उनले नयाँ खेलाडी भित्र्याउने बनाएको बकेटलिष्टमा ठुलो धक्का लाग्नेछ ।




प्रतिकृया