सोमबार बस्ने भनिएको ,नेकपा सचिवालय बैठक आज बस्दै
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ११:१३
गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकलाई मंगलबारलाई सारिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ । अध्यक्षद्वय बीचमा आइतबार पनि छलफल भएको थियो । सोमबार बस्ने सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुंगो लगाउने विषयमा छलफल भएको थियो ।
दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । सोमबार पनि अध्यक्षद्वय बीच छलफल भयो । छलफमला सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिए । बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल भएको जानकारी दिइन्छ ।





प्रतिकृया