• २३ भदौ २०८३, मंगलबार
  • २ः२३ राती

चितवन च्याम्पियनसिप फुटबल जेठ २४ गतेबाट

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ११:११

चितवन । विगत पाँच वर्षदेखी आयोजना गरिदैं आएको चितवन च्याम्पियनसिप कप यही जेठ २४ गतेदेखी असार ७ गते सम्म हुने भएको छ । यसपटक प्रतियोगिताको पुरस्कार राशी गत वर्षको भन्दा केही वढाईएको छ ।

National Life

प्रतियोगिताको बारे सोमवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै क्लवका अध्यक्ष अशोक देवकोटाले जिल्लावाहिरका ८ टिमसहित कुल १६ टिमको सहभागीता रहने वताए । प्रतियोगितालाई हानामी इन्टरनेशनल एजुकेशनले प्रायोजन गरेको छ भने सह प्रायोजकमा अल्फाबिटा चितवन रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख रुपैया प्राप्त गर्ने छ ।

गत वर्ष प्रथम पुरस्कार २ लाख २२ हजार रुपैया थियो । त्यस्तै द्धितिय हुने टिमले १ लाख ५० हजार तथा तृतिय हुने टिमले ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई नगद २० हजार तथा उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षापंक्तीले नगद १०र१० हजारका दरले पुरस्कृत गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र फोर वर्दस गैडाकोटबीच प्रतिस्पर्धा हुने छ । गैडाकोट गत वर्षको च्याम्पियन हो । प्रतियोगितामा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र गैडाकोटसहित नारायणगढ फुटवल क्लव, राप्ती रिभर फुटवल क्लव, नारायणी मोटर्स युनिक फुटवल क्लव, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, शशस्त्र प्रहरी वल भण्डारा, जु फुटवल क्लव जुगेडी, हर्दी युवा समाज भण्डारा, भैरव स्पोर्टस क्लव नवलपरासी, रामपुर फुटवल क्लव, सुनधारा फुटवल क्लव, वसन्तपुर युनाईटेड क्लव माडी, देशभक्त फुटवल क्लव, हानामी एभरेष्ट क्लव र अभिषेक चर्च नवलपरासीले सहभागीता जनाउने पनेरुले बताए ।

पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष देवकोटाले हानामी इन्टरनेशनल एजुकेशन र क्लवबीच पाँच वर्षका लागि सम्झौता भएको जानाकारी दिए । सो अबसरमा क्लवको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो । प्रतियोगिताका हेर्न रु ५० को टिकट व्यवस्था गरिएको छ।

प्रतिकृया