वातावरण दिवसमा हनुमन्ते नदि सफाई अभियान हुने
प्रकाशित मिति
२०७६ जेष्ठ २० गते, सोमबार १०:३१
भक्तपुर । “स्वच्छ वायु,स्वस्थ जीवन” भन्ने मूल नाराका साथ भक्तपुर जिल्लाको संस्कृति र सभ्यतासँग जोडिएको हनुमन्ते नदिलाई स्वच्छ, सफा र हराभरा बनाउने हेतुका साथ शुरुवात गरिएको हनुमन्ते नदि सफाई अभियानले ४६ औ विश्व वातावरण दिवसको अवसर पारेर जुन ५, २०१९ (जेष्ठ २२ गते, बुधवार)का दिन भक्तपुर जिल्लामा विशेष कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमलाई भव्य र सव्य बनाउनको लागि अभियान्ता मधु ढुङ्गेलको संयोजकत्वमा अमित उपाध्याय, मदन घिमिरे, सुन्दर विष्ट, नरेश रन्जित, वीरेन चौलागाई, भागीरथा सिटौला, जयराज पौडेल, गोविन्द आचार्य, गणेश दहाल, राज्यलक्ष्मी श्रेष्ठ, पहलमान श्रेष्ठ, राजु कुटु, मोहन पौडेल, रन्जु नापित, जयन्ती महत, जानुका भट्टाराई, चन्द्रकृष्ण श्रेष्ठ, जानुका भट्टाराई, रगिता वस्नेत, सुवास कुँवर, अशोक ठाकुर, शारदा पन्त, नबराज काफ्ले सदस्य रहेको २४ सदस्यीय विश्व वातावरण दिवस मूल तयारी समिति समेत गठन गरिएको र निर्धा्रित कार्यक्रम भव्य र सभ्य बनाउन सो समिति क्रियाशिलता साथ जुटिरहेको छ ।

“स्वच्छ वायु,स्वस्थ जीवन” भन्ने मूल नाराको उदघोषका साथ जेष्ठ २२ गते विहान ठीक ७ बजे सूर्य्विनायक चोकमा जम्मा भैइ वातावरणीय दिवसका प्लेकार्ड प्रर्दशनी गर्दै ¥यालीका साथ सूर्य्विनायक गणेश मन्दिर तर्फ लागिने गरि कार्यक्रम तयारी गरिएको अभियान संयोजक एवं सुर्य्विनायक नगर प्रमुख बासुदेव थापाले जानकारी गराउनु भयो ।

त्यसैगरि गणेश मन्दिरको बगलमा वृक्षारोपण एवं पार्क शिलान्यास गरिने कार्यक्रम समेत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जानाकारी गराउनु भएको छ ।
हनुमन्ते नदि सफाई अभियानको नियमित ६६ औं हप्ताको सफाई कार्यक्रम पनि दिवसीय कार्यक्रमसँगै सूर्य्विनायक चोकदेखि सूर्य्विनायक गणेश मन्दिरसम्मको सडक मार्ग र मन्दिर परिसरमा सफाई गर्ने गरि कार्यक्रम तय गरिएको वातावरण मूल तयारी समितिका संयोजक मधु ढुङ्गेलले अवगत गराउनु भएको छ ।
त्यसैगरि सूर्य्विनायक नगरपालिका वडा नं ८ का अध्यक्ष किरण थापाले विश्व वातावरण दिवस कार्यक्रम सूर्य्विनायक नगरपालिका भित्र आफ्नै वडाको बगलमा हुन लागेकोमा खुशी व्यक्त गर्दै सो कार्यक्रमको लागि वडा एवं व्यक्तिगत तवरले पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो र निर्धा्रित कार्यक्रममा जनप्रतिनिधिहरु, समाजमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका व्यक्तिहरु, नागरिक समाजका अगुवा, राजनैतिज्ञ, समाजसेवी, कलाकार, पत्रकार, नेपाल सरकारको मातहतमा रहेका सुरक्षा निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा रेडक्रस, स्काउट, शिक्षकहरु, विद्यार्थी, यौगिक संस्थाहरु एवं विभिन्न सामाजिक संघ–संस्था लगायतका समाजका हरेक तह तप्काका प्रबुद्ध वर्गहरुलाई सहभागीताको लागि आहवान समेत गर्नु भएको छ ।
वेभ ग्रुप, कलकल ग्रुप, सोया, एक्याप नेपाल, वी फर सोसाईटी, पातञ्जल योग समिति नेपाल, नेपाल फुलबारी, नेफ्सेम्याक, जीवन विज्ञान, नेपाल रेडक्रस लगायतका संस्थाहरुको अभियानद्वरा आयोजित वातावरण दिवस कार्यक्रममा प्रत्यक्ष संलग्न रहि कार्यक्रम सफलीभुत पार्न क्रियाशिलता रहेको अभियान्ता नरेश रन्जितले बताउनुभयो ।
वातावरण दिवस कार्यक्रमको लागि अभियान्ता मदन घिमिरे एवं अमित उपाध्यायको समन्वयमा वातारण विभाग, वनपरिसर बबरमहलबाट ५००–५०० थान टोपी र भेष्ट अभियानलाई उपलब्ध गराउने भएको छ ।




प्रतिकृया