• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार १०:३२

सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ ।

‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाहुँदै उमेर ढाँटेर विवाह गर्ने चलन बढेको छ’, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले भने, ‘यस्तो गैरकानुनी कार्य रोक्न दुलाहा र दुलहीको उमेर २० वर्ष पूरा भयो या भएन भन्ने प्रस्ट हुने गरी निम्तोमै खुलाउन भनिएको हो ।’

Kamana Sewa

कार्डमै उमेर ढाँट्ने हिम्मत सकेसम्म कसैले नगर्ने स्थानीय तहहरूले अपेक्षा गरेका छन् ।

Classic Tech Desktop

। यसका लागि एउटा नारासमेत बनाइएको छ, ‘सिन्धुलीभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ ।’ गएको ६ महिनामा जिल्लामा परिवारको दबाबमा हुन लागेका दुई दर्जनभन्दा बढी बाल विवाह बाल क्लब तथा किशोरी सञ्जालले रोकेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

प्रतिकृया