• २२ भदौ २०८३, सोमबार
  • ११ः२१ राती

काठमाडौं को एक चौरमा राखिएको कारमा आगजनी, दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०१:५४

काठमाडौं ।
काठमाडौँको भगवती बहालस्थित चौरमा लामो समयदखि पार्किङ गरी राखिएको एक कारमा आगजनी भएको छ।
विगत ८–९ महिलादेखि काठमाडौं महानगर–१ नक्साल भगवती वहालस्थित चौरमा पार्किङगरी राखेको बा.२ च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको कारमा शनिबार दिउँसो आगजनी भएको छ।

National Life

आगजनीबाट कार जलेर पूर्णरुपमा नष्ट भएको छ। आगजनीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

प्रहरीले आगजनीको कार्यमा संलग्न रहेको आशंकामा २ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया