• २५ भदौ २०८३, बिहीबार
  • ८ः४१ राती

‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १२:३०

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन्।

National Life

केही दिन अघि नै ट्रेन्डिङ १ मा पुग्ने आँकलन गरिए पनि नागा चैत्यना, मदहवन र निद्धी अग्रवालको हिन्दी चलचित्र साभाक्षीले कब्जा जमाइरह्यो। तर शनिबार बिहानैबाट चलचित्रलाई पछि पार्दै ट्रेन्डिङ १ मा पुगेको हो।

बियोगान्त ‘बोलमाया’ गीतबाट सर्वाधिक चर्चा कमाएका सपुत त्यसकै प्रिसिक्वेलको रुपमा ‘गलबन्दी’ तयार गरेको बताउँछन्। यस गीत र म्युजिक भिडियोबाट गाउँको पुरानो रोदी घरको मौलिक परम्परालाई सम्झाउन प्रयत्न गरेको उनको भनाई छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया