• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

“सडक जामका कारण उपत्यकाका अधिकांश मानिस डिप्रेशनको मारमा’’

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार १२:३५

लेखकः उत्सव बजगाईं

नेपाल आमाको पहिचानत्व झल्काउने २०८ राष्ट्रहरु मध्येको नमूना अंश हो । शहिद र
विरताको स्पर्श र त्यागको योगदान हो नेपालमा । अनेकतामा विविधता भएको नेपाल आमाको टुक्राको
एक अंश हो । राष्ट्रियताको र नेपाल सकारको अव्यवस्थित, लैचारिकता, अनियन्त्रित, नीति नियम,
कार्ययोजना र काम चलाउ कार्य नीतिका विषयमा टिक्का टिप्पणी गर्न जोश र जागर त थिएन ।
तैपनि वास्तविकता यथार्थ विषयवस्तुका बारेमा बोल्ने अधिकार हिसावले पक्कै हुनु पर्छ भन्ने,
अडिकताका साथ मानिसका जिन्दगी कै पहिलो समस्याको रुपमा रहेको सडक जामका विषयमा
बयान गर्न बाध्य भए । कोटेश्वर–भक्तपुर सडकको जाम त्यस्तै थियो । विहानी समय (८–११) बजेको
समयलाई दैनिकी समय सामथ्र्य अफिस टाइम भनेर सम्बोधन गरिन्छ । समयको पर्खाई कसलाई पो
हुँदो रैछ र । विहान घरयासी चाजाँपाँजो पिरव्यथाले हतारहतार गरी पाक्दै नपाकेको खाना र काच्चै
आलुको तरकारीसँगै हतास भई खाना खायो । यसो गर्दा उसो गर्दा ९ बजेको पत्तै पाइदो रहेनछ ।
आफ्नो गन्तव्य पछ्याउँदै दैनिकी यात्रामा घरबाट निस्कियो । जब लोकन्थली भक्तपुरको यात्रु सवार
स्थानदेखि परेको जाम कोटेश्वर पुग्न करिब एक घण्टा समय अवधि लाग्ने गर्छ ।घरयासी समस्या
विहान बेलुका दुई छाक कसरी टार्ने भन्ने एकातिरको पिर लिदै घरबाट दैनिकी कार्ययोजनामा निस्कियो
। जब सडकमा कोटेश्रमा परेको जामको लस्कर लोकन्थलीसम्म आइपुग्छ । त्यो जामको लस्कर देख्ना
साथ मन मस्तिस्कमा अनेकौ कुराहरु खेल्न र बहन थाल्छन ला ! आज पनि ढिला आज पनि अफिसमा
हाकिमको टोकेसो र गाली खानु पर्ने भो भन्दै अनावश्यक पिर लिदै, गर्दा उत्ताबाट लेन विपरित सवार
गरेको भनी ट्राफिकले चिट काट्ला भन्ने स्कातिरको पिर, अन्यथा पछाडिबाट सवारी साधन ठोकिस्ला
र आफूले अगाडिकोलाई छोएला भन्ने मानसिक यातनाका कारण आज म मात्र हैन । उपत्यकाका
अधिकाशं मानिस डिप्रेशनको मारमा पर्न बाध्य छन् । सबैलाई आ–आफ्नो गन्तव्यमा छिटो पुग्ने
मनसाय अवश्य हुन्छनै । कसैलाई कार्यालय त कोहीलाइ विद्यालय, कसैलाई अड्डा अदालत त
कोहीलाई अस्पताल पुग्नु पर्ने हतारो । उपत्यकाको (८–११) बजेको समयमा जाम कहिल्य पो सुस्त
होला र यस समय अवधिमा सवार गर्ने भनेका मजदुरी र सर्वसाधारण व्यक्तिहरु नै हुन । त्यो लामो
समयको सडक जाम न त भोकतिर्खा, दिशा र पिसाव च्यापेर भएपनि त्यो जाम कहिल्ये खुला र
गन्तव्य पुगिएला भन्ने एउटै मानसिक यातना कारण सवारी चालक, सहचालक मात्र नर्भ यात्रुहरु
पनि सोच्न बाध्य भई मानसिक रोगको मारमा परिरहेका छन्।
सरकारको अनियमित कार्ययोजना, अव्यवस्थित करण काम र ट्राफिक प्रहरीको अनियन्त्रित
सवारी चालकको गल्तीका कारण सवारीमा सवार यात्रुहरुले यातना र समस्यामा रुमलिन बाध्य छन्
। आखिर कहिलेसम्म मेरो देशको सरकार ? … थाहा छैन भक्तपुर–कोटेश्वर सडक खण्डको जामले
यात्रुको रक्तचाप कति बढाउँछ । विहान पख कोटेश्वरको जाम तन्कदै लोकन्थलीसम्म पुग्छ । यात्रुहरु
दिशा पिसाव र भोक तिर्खा नभनी सहेर हातगोडा । थकाएर गाडिभित्र कोचिएर बस्न बाध्य हुन्छन्।
कोटेश्वर–भक्तपुर सडक खण्ड नेपालको सबैभन्दा गतिलो सडकमा गनिन्छ । ६ लेनको भएर पनि यो
सडक जामको पर्याप बनेको छ । ट्राफिक व्यवस्था सबैको आँखै अगाडि छ । गाडी जथाभावी रोकिएको
छ । मोटर साइकल कुना काप्चाबाट छिरिरहेका छन्। बिच सडकमा गाडि रोकेर ट्राफिक र डाईभर

Kamana Sewa

भना भन गरी यात्रुलाई सास्ती दिइरहेका हुन्छन्। यो आखिर कहिलेसम्म ? जवाफ देउ मेरो देशको
सरकार । विहान ८–११ बजे र बेलका ४–६ बजेको समयमा कोटेश्वर देखि लोकन्थली चानचुन २÷३
किलो मिटर छिचोल्न २÷३ घण्टा लाग्छ । आखिर यस्तोअव्यवस्थितकरण कहिलेसम्म ? आजित हुँदै
हरेक यात्रु सोच्न बाध्य हुन्छन्। आखिर सम्बन्ध्ति निकायको ध्यानकृत कहिले हुन्छ ? अहिले ट्राफिक
प्रहरीले अपनाएको भन्दा गतिलो उपाय छैनन्। बैकल्पिक उपाय छैन । हामे यहि कुरा मन मस्तिस्कमा
खेल्न बाध्य हुन्छन् । एउटा सामाजिक प्रभाव र समस्याले मानव जीवन डामाडोल हुन बाध्य छ ।
अनेकौ सपनाहरु झरेको फुल झै ओइलिएका छन्। गल्ती चालक र एउटा गर्छ सजाय ट्राफिक दिन्छ
सजाय र सास्थी यात्रुहरु र सर्वसाधारण भोग्न बाध्य छन्। त्यस गल्तिको प्रभाव र आलोचना सरकार
प्रति हुन कुनै नौलो कुरा झै पनि लाग्द ैन मलाई । हुन त जनताभन्दा नेता धेरै भएको देशमा यस्तो
समस्या र सास्थी भोग्नु कुनै नौलो कुरा र लज्जास्पद हो झै चै लाग्दैन । अनेकौ विकल्पको माध्यम
र समस्या समाधानको उपाय सम्बन्धित निकायबाट हुने हो भने जनताको दैनिकी समस्याको समाधान
सहजिकरणका साथ हुनेछ । यसमा कुनै दुईमत छैन । राजधानीमा हुने ट्राफिक जामका धेरै कारण
मध्ये एक हो । पदैल यात्रु । चोकहरुमा आकाशे पुल र जेब्रा कसिहरु छन्। तर पदैल यात्रुहरु जथाभावी
बाटो काट्ने गर्छन्। यात्रुहरुले हतार र जामको र दुर्घटना दुवैको कारक बनेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकामा सडक दुर्घटना कारण मृत्यु संख्या हजारौ पुग्न
लागि सकेको छ । आधार सडक पार गर्न क्रममा दुर्घटनामा परेका छन । काठमाडौंमा अहिले ४२
लाखको आवादी र दैनिक १५ लाख मानिसको ओहोर दोहोर छ । मानिसको चापसँगै सार्वजनिक तथा
नीजि सवारी साधन थपिदै गएका छन्। तर सम्बन्धी निकायको कुनै ध्यानाकर्षण छैन । तापनि सवारी
चालक र पैदल यात्रीले पालना गर्नुपर्ने नियम ट्राफिक व्यवस्थाको महत्वपूर्ण पाटो हो । यसमा पालना
भन्दा उल्लहान बढी भएका कारण राजधानीको सडक अराजक बन्न पुगेको हो । हुन त हरके दिन
८०० सवारी साधन लेन अनुशासनको कार्वाहीमा पर्ने गरेका छन् । तिनले गर्दा उपत्यकामा धेरै
ठाउँमा जाम बढ्ने गर्छ । उपत्यकामा पनि यातायात व्यवस्थापनमा केहि काम अगाडि बढाएर
समाधान गर्न सकिन्छ । यसका लागि फलाई ओभर सबवे, पार्किब निर्माण जस्ता कुरामा ध्यानकृत
नहुने हो भने सर्वसाधारण जनताले अनेकौ सपनाहरुलाई झरेर ओइलिएको फुलजसरी ओइलाउन
बाध्य हुनेछन्। अन्धकारको पिटघेरामा रुम्लिने छन्। भविष्यलाई खाजिमा विस्थापित गर्ने छन्। लक्ष्य
र लक्षितालाई भित्रभित्र गुम्स्याउन बाध्य हुनेछन्। देशमा अराजकता, अनियमितता, खोक्रो राष्ट्रवाद,
विकासोन्मुख, गरिवता जस्ता कुारको ज्याली ज्याम्टा … बज्ने छ ।

Classic Tech Desktop

प्रतिकृया