• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

डलर साट्ने भन्दै लुटपाट गर्ने पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार १२:२२

अमेरिकी डलर साटिदिने भन्दै लुटपाट गर्ने तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट ५० हजार अमेरिकी डलर पनि बरामद गरेको छ ।
सिन्धुलीको दूधकौशिका गाउँपालिका–६ का सागर गहतराज, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का रामबहादुर तामाङ र बाह्रबिसे नगरपालिका–२ का जितबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै सल्यानको बागचौर नगरपालिका–९ का सन्तोष डाँगीलाई सिन्धुलीको सुनकोसी गाउँपालिका–६ बरबोटेमा बोलाएर लुटपाट गरेका थिए । उनीहरूले डाँगीबाट एक लाख ५० हजार लुटेका थिए । त्यस्तै, सल्यानको बागचौर नगरपालिका–९ का नवीन केसीबाट १३ हजार र मोबाइल लुटेर लगेका थिए । आइतबार दुवैजनालाई लुटेर भागेका थिए । पीडित दुवैजनाले आइतबार नै प्रहरीमा उजुरी दिएका थिए । उनीहरूको उजुरीका आधारमा लुटपाटमा संलग्न तीनैजनालाई कमलामाई नगरपालिका–३ कमेरेडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

उनीहरूसँग भएका बा ८३ प ८८८४ र बा ९१ प ४२८५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले लुटेको एक लाख ५० हजार, मोबाइल फोन, अमेरिकी डलर एक हजार एक सय, तीरवटा मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिका बाट साभार !!

Classic Tech Desktop

प्रतिकृया