• २२ भदौ २०८३, सोमबार
  • ९ः४२ राती

आईसीसी विश्वकप आजदेखि शुरु, पहिलो खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार १२:२१

गौरब निरौला , एजेन्सी । एक दिवशीय क्रिकेटको मेगा इभेन्ट आईसीसी विश्वकप आजदेखि इंग्ल्याण्ड र वेल्समा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । विश्वकपको उद्घाटन ओभल मैदानमा हुनेछ ।
विश्व क्रिकेटमा यी दुबै टिमलाई अभागी भनिन्छ । कहिले वर्षाले त कहिले बलिङ अनि कहिले फिल्डिङमा चुक्दा दक्षिण अफ्रिकाको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन।

National Life

यो पटक ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यका साथ दक्षिण अफ्रिकी टिम विश्वकपको मैदानमा उत्रिने तयारी गरिरहेको छ । दक्षिण अफ्रिका टिमका लागि विश्वकप सँधै नाटकीय हुँदै आएको छ । उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि यो अभागी टिमले कहिले पनि फाइनलमा स्थान बनाउन सकेन ।

यस्तै दूर्भाग्यका कारण चेकर उपनाम पाएको दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा फेरी अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमको सपना चकनाचुर भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टिम हो इंग्ल्याण्ड । क्रिकेटको जन्म इंग्ल्याण्डमा भएको मानिन्छ । तर, जुन खेल जन्मायो त्यही खेलको सबैभन्दा ठूलो प्रतियोगिता इंग्ल्याण्डले जित्न सकेको छैन । यो पटक आफ्नो शाख जोगाउने अर्को प्रयास गर्दैछ । सन् १९७५ मा भएको क्रिकेट विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएको इंग्ल्याण्डले उपाधि भने जित्न सकेको छैन ।

इंग्ल्याण्डले चार पटक विश्वकपको आयोजना ग¥यो र तीन पटक फाइनल खेल्यो । तर यो प्रतिष्ठित ट्रफी घर भित्राउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै इंग्ल्याण्ड प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । किनभने पहिलो जितले टिमलाई ठूलो प्रोत्साहन दिनेछ।

पहिलो म्याचमा डेल स्टेन मैदानमा उत्रिन सक्छन् वा सक्दैनन् अझ यकिन हुन सकेका छैनन् । उनी पूर्ण रुपमा फिट छैनन् । डेल स्टेन अनुपस्थित भएमा प्रशिक्षक ओटिस गिब्सनले क्रिश मोरिया वा ड्वाइने प्रिटोरियसलाई स्थान दिनेछन् । लुंगी एनगिदी र कागिसो रबाडाको उपस्थिती भने निश्चित हुनेछ ।

इंग्ल्याण्डका लागि ज्यासन रोय र जोनी बेइस्र्टोको विस्फोटक ब्याटिङ भने शुरुमै देख्न सकिनेछ । यसअघिको संस्करणमा समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्ड कप्तान इयोन मोर्गानको नेतृत्वका कारण उच्च मनोबलका साथ उत्रिनेछ । फाफ डू प्लेसीको कप्तानीले दक्षिण अफ्रिका पनि उस्तै मनोबलका साथ ओभल मैदानमा उत्रिनेछ । खेल नेपाली समय अनुसार विहिबार दिँउसो ३:१५ मा शुरु हुनेछ । 

प्रतिकृया