• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि नयाँ नियम लागु

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:०७

 

काठमाण्डौं । पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको संख्यामा वृद्धि भएसँगै भारतले नेपालीहरु माथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ जसअनुसार भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर ९एनओसी० देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ ।

Kamana Sewa

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै सूचना प्रकाशित गरेको छ ।
यसरी दूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित निवेदन दिनुपर्ने छ । साथै यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाइ टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनुपर्ने भएको छ ।

Classic Tech Desktop

रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै यसअघि भारतबाहेकका तेस्रो मुलुकहरुको भ्रमण गरेको भए यात्रा अभिलेखको प्रतिलिपि बुझाउनुपर्ने छ ।
हाल भारतमा अध्ययन तथा व्यवसायी गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनुपर्ने छ ।

प्रतिकृया