भारतमा बलियो मोदी सरकारः नेपालको अर्थतन्त्रमा बढी प्रभाव पर्ने
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:०९
जेठ । संसारकै ठूलो प्रजातान्त्रिक राष्ट्र भारतमा लोकसभाको निर्वाचन सकिएको छ । सो निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले भारी मतले विजय प्राप्त गर्यो । सो निर्वाचनले भारतीय प्रधानमन्त्रीलाई दोस्रो पटक शक्तिशाली अवस्थामा सत्तामा पुर्याउने भएको छ । स्वतन्त्रता प्राप्तिपछि लामो समय सत्तामा रहेको भारतीय कांग्रेस पार्टीले अन्य पार्टीसँग गठबन्धन गरे पनि यो निर्वाचनमा नराम्रोसँग हार व्यहोर्नु पर्यो । त्यस्तै लामो समय भारतीय राजनीतिमा आफ्नो राम्रै अस्तित्व कायम गरिरहेको भारतीय कम्युनिष्ट पार्टी भाकपाले त यो निर्वाचनमा अस्तित्व जोगाउन पनि कठिन रहेको छ । नेपालको छिमेकी राष्ट्रमा भएको निर्वाचनमा पुनः दोस्रो पटक भारी बहुमतसहित भारतीय जनता पार्टी विजयी हुनुको कारण के हुन सक्छ रु निर्वाचनमा भएका प्रक्रियाले नेपालमा कस्तो प्रभाव होला रु भारी बहुमतका साथ पुनः नरेन्द्र मोदी सत्तामा पुग्दा नेपालसँगको सम्बन्धमा कस्तो प्रभाव पर्ला रु यी कुराको चर्चापरिचर्चा व्यापक भइरहेको छ ।

भारतमा पुनः भाजपाले भारी बहुमत प्राप्त गर्नुको कारण
भारतमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ । लोकसभाका ५ सय ४२ सिटमध्ये भारतीय जनता पार्टी एक्लैले ३ सय ३ सिट जित्न सफल भएको छ । प्रतिपक्षी भारतीय कंग्रेस पार्टीले जम्मा ५२ सिट जितेको छ । यसले नयाँ बन्ने मोदी सरकारले दह्रो प्रतिपक्षसमेत पाउने अवस्था छैन । यस्तो अवस्था आउनुको मुख्य कारण नरेन्द्र मोदीको विकासको नारा नै सबैभन्दा प्रभावी रहेको देखिएको छ भने राष्ट्रावादी नारा पनि प्रभावी देखिन्छ । उनले पाकिस्तानसँग राख्ने अडानलाई पनि जनताले रुचाएको देखिएको छ । भारतीय प्रधानमन्त्रीले निर्वाचन प्रचारको क्रममा धार्मिक नारालाई पनि प्रभावकारी रूपमा अगाडि सारे । त्यस्तै भाजपाले आफ्नो प्रचारप्रसारमा कुशल वक्ताहृरूलाई अघि सार्यो जुन कांग्रेस पार्टीले त्यसो गर्न पनि चुक्यो ।
नरेन्द्र मोदी सरकारले पछिल्लो समयमा कृषि विकासका लागि विशेष कार्यक्रम घोषणा गरेको थियो । त्यस्तै गरिबका लागि शौचालयदेखि विभिन्न कार्यक्रम सुरु गरेको थियो । यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावकारी भाषण तथा उनको सामान्य जीवनशैली पनि प्रभावकारी देखिन्छ भने अन्य नेताको प्रभावकारी भाषणले पनि जनतालाई प्रभावमा पार्न सफल भएको देखिन्छ । अर्को कुरा, भविष्यमा अघि बढ्ने योजना अघि सार्ने कुरामा पनि प्रतिपक्षी दलदेखि अरू पार्टी कमजोर भएकाले भाजपा सफल भएको देखिएको छ ।

नेपालसँगको सम्बन्धमा ठूलो प्रभाव पर्दैन
भारतीय जनता पार्टीले भारी बहुमतका साथ नरेन्द्र मोदीलाई सत्तामा पुयाउँदा नेपालमा कस्तो प्रभाव पर्ला रु भन्ने कुरा चासोको विषय बन्न पुगेको छ । अहिलेको भतरत र नेपालको राजनीतिक अवस्थालाई हेर्दा नरेन्द्र मोदी राजनीतिक रूपमा अझ शक्तिशाली रूपमा सत्तासीन भए पनि नेपालसँगको सम्बन्धमा खासै असर पर्ने देखिन्न । नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पछिल्लो समय सम्बन्धमा नराम्रो छैन । अर्को, मोदी सरकारले विगतमा लगाएको नाकाबन्दीको ठूलो आलोचना भएको थियो । भारतका नागरिक समाजका व्यक्ति र बौद्धिक जगतले सरकारको ठूलो विरोध गरेका थिए । यसले मोदी सरकार पछि हट्न बाध्य भएको थियो ।
अब पुनः त्यस्तो अवस्था आउन कठिन छ । भारतलाई नै घाटा पर्ने निर्णय अवस्य पनि गरिन्न । अहिलेसम्मको अवस्थाले नेपालसँगको सम्बन्ध सुमधुर हुँदा भारतलाई पनि लाभ हुने भएकाले सम्बन्धमा परिवर्तन गरिने छैन । अर्को, भारतले नेपाललाई बढी च्याप्ने नीति लिएमा नेपाल चीनतिर बढी ढल्कने भारतीयहरूको विश्लेषण छ जसले गर्दा पनि नेपालसँगको नीतिमा ठूलो परिवर्तन हुने देखिँदैन । नेपाललाई गर्ने सहयोग, काठमाडौंसम्मको रेलदेखि अन्य आयोजनामा आर्थिक लाभ–हानि हेरिनेछ, त्यत्तिकै योजना बन्ने छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकीसँग उत्साहित भएजस्तो सबै कुरा त्यत्तिकै बन्ने भवस्था छैनन् ।
भारतीय जनता पार्टीले प्रयोग गरेको नीति नेपालमा पनि प्रयोग हुन सक्छ
भारतसँगको खुला सीमा, सांस्कृतिक निकटता तथा पारिवारिक सम्बन्ध भएकाले भारतमा भएका धेरै कुराको प्रभाव नेपालमा पर्छ नै । अझ राजनीतिमा गरिने कार्यको नेपालमा प्रभाव नपर्ने कुरै भएन । नेकपाले निर्वाचनका बेला विकासको नारालाई दह्रोसँग उचाल्यो ।
भारतमा नरेन्द्र मोदीले त्यसभन्दा पहिले नै उचालेका थिए । अहिले पनि भारतमा विकासको नारा प्रभावकारी भएकाले नेपालको आगामी संसदीय निर्वाचनमा पनि विकासको नाराले नै प्राथमिकता पाउने देखिन्छ । अर्को, विपन्न वर्ग लक्ष्यित कार्यक्रमले नेपालमा पनि प्राथमिकता पाउने देखिन्छ । त्यस्तै पभावकारी प्रचार शैली, अति प्रचार शैलीले पनि प्राथमिकता पाउने सम्भावना झन् बढी छ ।
भारतीय अर्थतन्त्रको नेपालमा दह्रो प्रभाव पर्ने
भारतीय राजनीतिको परिणामले पार्ने प्रभावमा नेपालको आन्तरिक कार्य र कूटनीतिक कौशलले विशेष भूमिका खेल्ने निश्चित छ । यसभन्दा बढी प्रभाव भारतीय अर्थतन्त्र र त्यहाँ लिइने आर्थिक नीतिले नेपालमा धेरै ठूलो असर पर्छ । त्यहाँ गरिने लगानी, उद्योग आदिबाट हुने उत्पादन, मूल्यजस्ता कुराले नेपालको अर्थतन्त्र प्रभावित हुनेछ । भारतमा लागू गरिने कर प्रणाली, लगानीलाई आकर्षित गर्न अपनाइने रणनीति आदिले नेपालमा प्रभाव पार्छ ।
भारतमा स्थापना भएका ठूलो लगानी र उच्च प्रविधियुक्त उद्योग नेपालमा स्थापना गर्न कठिन हुनेछ । त्यस्तै भारतीय सरकारले कृषि क्षेत्रमा लिने नीतिले नेपालमा ठूलै प्रभाव पर्न जान्छ । भारतमा भएको लोकसभा निर्वाचनका बेला नेपालमा तरकारीको मूल्यमा देखिएजस्तो अति वृद्धि जहिले पनि हुन सक्छ । नेपालले आन्तरिक उत्पादन बढाएर निर्यातद्वारा व्यापार घाटा कम गर्ने भने पनि त्यससम्बन्धी प्रभावकारी कार्यक्रम सुरु हुन सकेको छैन । वैदेशिक लगानी भित्राउने कुरा प्राथमिकतामा राखिए पनि प्रभावकारी हुने देखिएको छैन । आन्तरिक सानो लगानीका उद्योग भरतीय उद्योगका सामु टिक्न कठिन छ । भारतमा सरलसँग लगानी गर्ने वातावरण बन्दा नेपालकै ठूलो रकमसमेत भारत जान सक्छ । नेपालले भावी दिनमा भारतको अर्थनीतिलाई ख्याल गरेर अघि नबढ्ने हो भने राष्ट्रय अर्थतन्त्र आयातमै जकडिनेछ । यति मात्रै होइन अरू पनि कठिनाइ व्यहोनुपर्ने अवस्था आउन सक्छ ।




प्रतिकृया