वर्ल्ड बुक अफ रेकर्डस् ले सम्मान गर्यो चार नेपाली नायिकालाई
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ११:५१
काठमाडौँ । वर्ल्ड बुक अफ रेकर्डस् लण्डनले चार जना नेपाली नायिकालाई एकैसाथ सम्मान गरेको छ । नेपाली फिल्मी जगतमा दिएको योगदानको उच्च मुल्याकंन गर्दै उनीहरुलाई उक्त सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुनेमा नेपालकी प्रथम नायिका भुवन चन्द, करिश्मा मानन्धर, ऋचा शर्मा र नवनायिका श्रेया कार्की रहेका छन् । प्रदेश नं। ३ का सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एवम्फिल्म उद्योगका विशिष्ट व्यक्तिहरुको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको छ ।

वर्ल्ड बुक अफ रेकर्डस् विश्वव्यापी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्रा्ष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, मोरिसस, लगायत देशबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जाल मार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक
सम्पदाहरु तथा सांस्कृतिक, सामाजिक, आर्थिक एवं सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सूचिकृत तथा सम्मानित गर्दै आएको छ ।
सम्मानित हुने नायिकाहरुलाई विरेन्द्र शर्मा ९सांसद, बेलायत डा. दिवाकर शुकुल ९अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्डस्०, सन्तोष शुक्ला ९वर्ल्ड बुक अफ रेकर्डस्०, सागर कट्वाल ९अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्डस् नेपाल लगायत नेपाल र बेलायतका विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गर्नुभयो ।यस्तै वर्ल्ड बुक अफ रेकर्डस् नेपाल का अध्यक्ष सागर कट्वाल ले खुशी प्रकट गर्दै आगामि दिनहरुमा थप यस्तै सम्मानित हुने फिल्म खेलेर समाज हुदैँ देशको मुहार फेरिने विश्वास गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।
सम्मानित हुने नायिकाहरुलाई विरेन्द्र शर्मा ९सांसद, बेलायत डा. दिवाकर शुकुल अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्डस्, सन्तोष शुक्ला वर्ल्ड बुक अफ रेकर्डस्, सागर कट्वाल अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्डस् नेपाल लगायत नेपाल र बेलायतका विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गर्नुभयो।
यस्तै वर्ल्ड बुक अफ रेकर्डस् नेपाल का अध्यक्ष सागर कट्वाल ले खुशी प्रकट गर्दै आगामि दिनहरुमा थप यस्तै सम्मानित हुने फिल्म खेलेर समाज हुदैँ देशको मुहार फेरिने विश्वास गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।




प्रतिकृया