सरकारले लिएको अर्थनीति ठीक छ : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १०:२९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नीति तथा कार्यक्रममाथि छलफलमा प्रतिपक्षको टिप्पणी परम्परागत भएको जिकिर गर्दै सरकारले नीति तथा कार्यक्रममा ल्याएको लोकप्रियताबाट प्रतिपक्ष नआत्तिनु पर्ने बताउनुभएको छ ।
उहाँले नीति तथा कार्यक्रम व्यवस्थित र प्रष्ट भएको पनि बताउदै सरकारले बनाएको मापदण्डले विदेशमा जानेहरु गुणस्तरीय रोजगारीमा जान थालेका कारण विदेश जाने मानिसको संख्या घट्दा पनि रेमिट्यान्स बढेके सांसद बस्नेतले औंल्याउनुभयो ।
सांसद बस्नेतको अहिलेको सरकार बनेपछि विकास निर्माणको अभियानले गति लिएको र देशमा विकास निर्माणको कामले गति लिएका कारण केही आयात बढेकाले ब्यापार घाटा देखिए पनि राजस्व बढेको भनाई थियो ।

वर्तमान सरकारले हिजो भद्रगोल, डामाडोल भएको अर्थतन्त्र ठिक ठाउँमा आएको बताउँदै उहाँले हिजो वेईमानहरु भन्सार कार्यालयमा जान होडवाजी गर्थे भने अहिले इमान्दारहरु मात्र जान थालेको बताउनुभयो ।

सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यो आबमा पाँच लाख रोजगारी सिर्जना गर्ने, जनताको पानी जनताको लगानी कार्यक्रमबाट यो वर्ष एक हजार मेगावट विजुली थप्ने र ३५ सय अर्को थप विजुली उत्पादन गर्ने, भिजिट २०२० मार्फत वीस लाख पर्यटक भित्र्याउने लगायतका धेरै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउने कार्यक्रमहरु ल्याएको र त्यसलाई सार्थकतामा पुर्याउन सवै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।




प्रतिकृया