• २५ भदौ २०८३, बिहीबार
  • ६ः२८ बेलुका

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख ३ गते, शुक्रबार ०२:१८

काठमाडौँ: सप्तरी, शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिर जाने गेटस्थित सडकमा ना.६ ख ७८९२ नम्बरको बसले स.१ च ५५२ नम्बरको एम्बुलेन्सलाई शुक्रबार बिहान ठक्कर दिँदा एम्बुलेन्स चालक सिरहा सुखिपुर नगरपालिका बस्ने ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको छ ।

National Life

फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । रसुवा, कालिका गाउँपालिका-२ स्याउबारीस्थित सडकमा प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा टिपर चालक सोही ठाउँ बस्ने २५ वर्षीय सागर तामाङ समेत २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल रसुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको प्रहरीले जानकारी गराएको छ । सिरहा, सुखिपुर नगरपालिका-१ मोहनपुरस्थित सडकमा स.७ प ११९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ बस्ने १९ वर्षीय सुशिल कुमार महतोको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारका लागि बिराटनगर न्यूरो अस्पतालमा रिफर गरिएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका-७ पिप्रहवा बस्ने नरेन्द्र प्रसाद मौर्याको ६ वर्षीय छोरा शुनिल कुमार मौर्याको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर बिहीबार दिउँसो र कैलाली, लम्कीचुहा नगरपालिका-९ बंगालिपुरस्थित सिचाई आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २० वर्षीय नरेश सुनारको बिहीबार साँझ मृत्यु भएको छ ।

मायादेवी गाउँपालिका-६ बेथरीस्थित राज ईलेक्ट्रोनिक्समा काम गर्ने सियारी गाउँपालिका-२ घर भएका २२ वर्षीय झिनक बनियाको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिक-५ राधेराधेस्थित हलेसी ड्राईभिङ ईन्स्टिच्युटको ट्वाईलेटमा दोलखा घर भएका ६२ वर्षीय श्याम बहादुर तामाङ र बर्दिया, बाँसगढी नगरपालिका-२ बस्ने ७० वर्षीय भोजौ थारु घरबाट ३ किलो मिटर टाँढा भगवती सामुदायीक वनमा बिहीबार मृत अवस्थामा फेला परेकेो स्थनिय प्रहरीले जनाएको छ ।

भोजपुरको षडानन्द नगरपालिका-८ निगुरे बस्ने ६० वर्षीया मनमाया राईको घरमा बसिरहेको अवस्थामा बिहीबार साँझ चट्याङ लागेर बेहोस भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा मृत्यु भएको स्थानिय प्रहरीले जनाएको छ ।

तेह्रथुमको छथर गाउँपालिका-६ असिने बस्ने तारा बहादुर मगरकी ९ वर्षीया छोरी रोहीता मगरको घरमा बसिरहेको अवस्थामा बिहीबार साँझ चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ । यसैगरी घर नजिकै हिँडिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका बागलुङ, ताराखोला गाउँपालिका-२ सिले बस्ने ४५ वर्षीय खिमलाल कडेलको धवलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ ।

बेनी नगरपालिका-४ थामडाँडास्थित खरबारीमा लागेको आगो निभाउने क्रममा भिरबाट करिब ३० मिटर तल लडेर पर्वत जलजला गाउँपालिका-५ धवलापहरा बस्ने ६० वर्षीय मन बहादुर गुरुङको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया