• ४ साउन २०८३, सोमबार
  • २:४० बिहान

लण्डनमा ‘ए मेरो हजुर ३’ को रेड कार्पेट प्रिमियर शो संपन्न

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १२:०९

फिल्म ‘ए मेरो हजुर ३’को रेड कार्पेट प्रिमियर बेलायतमा गरिएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा सपन इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियर प्रिमियरमा नायिका सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा उपस्थित रहेको थियो ।

Kamana Sewa

उक्त आयोजित कार्यक्रममा सुहाना, झरना र सुनिलले दर्शकको माया नै आफूहरुको सफलता भएको बताएसगै यति धेरै माया पाएकोमा खुशी व्यक्त गरेका थिए ।

Classic Tech Desktop

‘ए मेरो हजुर ३’ ले नेपालमा ठुलो सफलता कमाएको थियो ।
अनमोलले केहि महिना अगाडि ए मेरो हजुर ३ की अभिनेत्री सुहाना थापाको प्रशंसासमेत गरेका थिए । उनले सुहाना चलचित्र क्षेत्रकै लागि जन्मिएको बताएका थिए । चलचित्र चैत्र २९ गतेबाट नेपालभर प्रदर्शनमा आएको थियो ।

चलचित्रमा एउटा स्टार गायक र उनको फ्यानका बीचमा हुने प्रेमसम्बन्ध र त्यस बीचमा आइपर्ने उतार चढावहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्र सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुनिलकुमार थापा सुहानाका बाबु हुन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि मुख्य अभिनय रहेको थियो जुन चलचित्रले भब्य ब्यापार गर्यो ।

प्रतिकृया