• २६ भदौ २०८३, शुक्रबार
  • ३ः०० राती

अदालतबाट पाँच वर्षको कैद सजाय पाएका व्यक्ति ३१ वर्षपछि पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २५ गते, बुधबार ०६:३०

जनकपुरधाम : अदालतबाट पाँच वर्षको सजाय पाएका अभियुक्त ३१ वर्षपछि पक्राउ परेका छन्।

National Life

धनुषाको विदेह नगरपालिका–४ का मनिकचन पासमान दुसाध जनकपुरधाम–१६ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुसाधलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले खोज तलासका क्रममा नियन्त्रणमा लिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

साबिक ठाडी झिझा गाविस–८ हाल विदेह नगरपालिका–४ का झपडी पासमान समेतले दुसाधविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए।

जिल्ला अदालत धनुषाले ०४६ साल माघ ५ गते ५ वर्ष कैद सजायको फौसला सुनाएको थियो। तर, सजाय पाएका दुसाध फरार थिए।

प्रतिकृया