• २४ भदौ २०८३, बुधबार
  • ६ः१४ बेलुका

देशभरको मौसम आज कहाँ कस्तो रहन्छ?

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०८:२१

काठमाडौँ : पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

 

स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम प्रभावित भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने छ ।

अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

प्रतिकृया