• २४ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

लामो समयदेखि निष्क्रिय केन्द्रीय अनुगमन समिति सक्रिय बन्दै

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०७:१३

काठमाडौं:  लामो समयदेखि निष्क्रियजस्तै हुँदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ ।

National Life

 

मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने, नागरिकको गुनासोको शीघ्र व्यवस्थापन गर्ने, रासायनिक मलको सहज आपूर्ति व्यवस्था मिलाउने, पूर्वाधार विकासका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्नेलगायतका आधा दर्जन महत्त्वपूर्ण निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्य सचिव वैरागीले अनुगमन समितिको बैठक दोस्रोपटक राखेका हुन् । विगतमा यस्ता बैठकले गरेका कैयौँ निर्णय कार्यान्वयन नभई अलपत्र अवस्थामा रहने गरेका थिए ।

अनुगमन समितिको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने विषयलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । हाल बजारमा दैनिक उपभोग्यवस्तुमा अस्वाभाविक रूपमा भइरहेको मूल्यवृद्धिले आम सार्वधारण नागरिकमा पीडा थपिरहेको छ । सरकारी अनुगमन संयन्त्र अत्यधिक कमजोर देखिएको छ ।

त्यसैले, आगामी दिनमा त्यस्तो कमजोरी हुन नदिनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरी संयुक्त अनुगमनसम्बन्धी कार्यविधि तर्जुमा गर्ने र संयुक्त अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । यसका लागि अनुगमनमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराई अनुगमनमा संलग्न गराउने निर्णयसमेत सो बैठकले गरेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया