• २३ भदौ २०८३, मंगलबार
  • १०ः३९ बिहान

मैले नसिकेको र नसिकाएको गणित

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ११:४२

लेखक :उत्सब बजगाईं

National Life

मैले घोकेका साध्य र ज्यामितिहरु
आयतन र परिमितीहरु
अनि ती बिजगणितका डरलाग्दा
ए र बी का सुत्रहरु
खै कहा काम लाग्छन रु
जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले
कैयौ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेक्समाथि
र जबर्जस्ति जान्ने बनाइएको थियो मलाइ,

मानौ कि मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो

Classic Tech Mobile
Classic Tech Desktop

तर अचेल मलाइ हजारबार जिन्दगीले फेल घोषणा गर्छ,
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरु कुन सुत्र प्रयोग गरुँ म रु
बा को रसिला आखाको आयतन कसरी निकाल्नु
आमाको हातको ठेलाको घनत्व कसरी नाप्न्नु

प्यारिको मेरो अभाब र छोराको भोकको क्षेत्रफल निकाल्ने सुत्र के हो रु
हजुरआमाको लौरी कुन सुत्रले अड्याउने रु

माइनस् माइनस् प्लस हुने सुत्रमा
दुख दुखु सुख हुन नसकेर फेरि दुख नै हुनुपर्ने
आसु आसुु हासो हुन नसकेर फेरि आसु नै हुनुपर्ने
यो कुन नियम हो
जो मलाइ सिकाउदै सिकाइएन ।

ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्रि कोण र बाहिरि कोण नापियो
डिग्रि डिग्रिमा नापियो
एन्गल एन्गलमा नापियो
तर जिन्दगी त हजारौ भुजाले बन्दोरैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा

भित्रि कोण र बाहिरि कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौ कोण हुदा रैछन्
घात र प्रतिघातका अनगिन्ति एन्गल हुदा रैछन्
जसलाइ नजरन्दाज सम्म गराइएन कि
तैले यसरि पनि बाच्नु पर्छ भनी ।

सिंगो परिवार बन्धकिमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिडेको
लाहुरेको गरुंगो पाइलाको
ओएट भार कुन ग्रामले नाप्छ
त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आसु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराइ कुन एकाइले नाप्छ
गुरु यसका कुनै सुत्र छैनन् रु

मेरा गणितका गुरु
माफ गर्नुहोस है
तपाइको गणितमा जसोतसो उत्तिर्णुभएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले उत्तरितु पनि हुन नसकेर लत्तारितु भइरहेको छु ।

गुरु
मिल्छ भनि भाइ बहिनिहरुलाइ
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है ।

प्रतिकृया