• ३ साउन २०८३, आइतबार
  • ३:४८ बेलुका

‘प्रेम गीत ३’ मा गितको भूमिकाको लागि ६ जनाको अडिसन सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ११:४१

चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को तेश्रो सिरिज ‘प्रेमगीत ३’ निर्माण हुने घोषणा भए देखि नै यस फिल्मका लागि धमाधम कलाकारहरुको खोजि भईरहेको छ । निर्माता सन्तोष सेनले केही हप्ता अगाडि आह्वान गरेको एक विज्ञप्तीबाट ‘गीत’को भूमिकाको लागि अडिसनको दिएका मध्ये बाट उत्कृष्ट २५ लाई छानिएको थियो ।

निर्माता सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको क्रिएटिभ टिमले ति मध्येबाट उत्कृष्ट २५ जनालाई अडिसनका लागि छनोट गरिएको थियो । अब २५ जनाको अडिसनपछि एकजना प्रमुख भुमिकाको अभिनेत्री छानिने भएको छ ।

Kamana Sewa

२५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी सोमबारबाट अडिसन दिन सुरु गरेका छन् । ६ जनाको अडिसन सुरु भएको भन्दै निर्माता सन्तोष सेनले आफ्नो औपचारिक फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

Classic Tech Desktop

आइतवारदेखि सुरु भएको अडिसनको पहिलो दिन अन्जली अधिकारी, करुणा श्रेष्ठ, दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग, तमन्ना केसीले अडिसन दिसकेका छन् । आसुसेन को क्रियटिम टिमले हरेक दिन ६९६ जनाको अडिसन लिनेछ ।

बिदेशमा रहेकाहरु सँग भने अन्तिम दिन अलिकति फरक किसिमले अडिसन लिइने निर्देशक छेतेन गुरुङले बताएका छन् । अडिसन मार्फत उत्कृष्ट २५ जना छानिएका मध्येबाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकजनालाई ‘गीत’को भूमिकामा छानीने भएको छ ।

प्रेमगीत’ को अघिल्लो दुई सिरिजमा प्रेमको भूमिकामा रहेका प्रदीप खड्का फेरि पनि प्रेमको भूमिकामा फाइनल भएका छन् । आशुसेन फिल्मसले यसअघि पनि फिल्म ‘प्रेमगीत’को लागि अभिनेता प्रदीप खड्कालाई पनि अडिसन मार्फत नै छनौट गरेको हो ।
नयाँ वर्षको छेको पारेर चलचित्रलाई चैत्र २८ गते प्रदर्शनमा ल्याउन तय गरेको हो ।

प्रतिकृया