‘डान्स इन्डिया डान्स’ को निर्णायक का लागी करिनाको महंगो डिमाण्ड
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ११:३८
बलिउडकी चर्चित नायिका करिना कपुर खानको चर्चा जहिले पनि चलिरहेकै हुन्छ । उनको छोरा तैमुर अली खानलाई लिएर होस् या अरु कुनै कुराले होस् उनी जहिले पनि मिडियामा आइरहेकी हुन्छिन । यसै क्रममा करिनाले अब डान्स रियालिटी शो मार्फत टेलिभिजनमा डेब्यू गर्ने भएकी छन् ।
जी टिभीबाट प्रसारण डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ को निर्णायकको रुपमा उनले टेलिभिजनमा डेब्यु गर्न लागेको कुरा सार्वजनिक भएको छ । यस शोका लागि करिनाले दुई डिमाण्ड गरेकी छिन् । ति मध्ये एकमा उनले यो शोमा निर्णायक भए वापत चर्को पारिश्रमिक लिने भएकी छिन् ।

रियालिटी शोहरुमा निर्णायक बन्ने नायकहरुले चर्को पारिश्रमिक लिदा हामी नायिकाहरुले किन लिन हुँदैन भन्ने प्रश्न गर्दै उनले चर्को पारिश्रमिक लिएको बताइएको छ । करिनाको यतिमा मात्र नभएर उनको दोस्रो डिमाण्ड पनि रहेको छ ।

उनले शोको शुटिंगका लागि ८ घण्टा भन्दा बढी समय दिन नसक्ने स्पष्ट पारेकी छिन् । छोरा तैमुरका लागि घर जानुपर्ने भन्दै करिनाले यस शोको लागि ८ घण्टामा छायांकन सकेर जाने र यो भन्दा बढी समय दिन नसक्ने बताएकी छिन् ।




प्रतिकृया