• ५ साउन २०८३, मंगलबार
  • ५:२८ बेलुका

काठमाडौंको आकाश तुवाँलोले ढाकेपछि २ बजेदेखि हवाइ उडान बन्द

प्रकाशित मिति

२०७७ चैत्र १३ गते, शुक्रबार ०३:३९

काठमाडौं : शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

उनका अनुसार ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’

Kamana Sewa

भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु दिउँसोदेखि नै रोकिएको उनले बताए । यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

Classic Tech Desktop

प्रतिकृया