• ४ साउन २०८३, सोमबार
  • ४:५८ बिहान

ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, १२ लाख आवेदकको हात खाली

प्रकाशित मिति

२०७७ चैत्र १३ गते, शुक्रबार ११:१४

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ केहीबेर पछि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने कार्यक्रम छ ।

ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरैको हात खाली हुनेछ । ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउने भाग्यमै पर पर्नुपर्ने भएको छ ।

Kamana Sewa

१८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका हुन । यो मागको तुलनामा ६।४ गुणा बढी हो ।

Classic Tech Desktop

प्रतिकृया