• १२ असोज २०८३, सोमबार
  • ६ः५६ बिहान

बैंक अफ काठमाण्डु लिमिटेडको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा संचालनमा

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०६:१७

ग्राहकको सेवालाई मध्यनजर गर्दै क अफ काठमाण्डु लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक लाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

National Life

विश्व बैंकिङ्ग बजारमा निकैनै परिचित यस omnichannel सेवा यस बैंक अफ काठमाण्डु लिमिटेडका खाता बहाक ग्राहक  तथा यस बैंकमा खाता नभएका हरुले उपयोग गर्न सक्ने बैकंले जनाएको छ।यस  सेवा हाल ग्राहक हरुले अनुभव गरिरहेका समस्याहरुको निवारण गर्नेछन, बैकंको बिज्ञप्तीमा उल्लेख छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नु पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।

 

 

यस  सेवाबाट ग्राहकले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहकको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसंग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड  विर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सकिने छ ।

प्रतिकृया