• ११ असोज २०८३, आइतबार
  • ११ः५३ राती

उर्जा बचत कार्य गरे वापत रा.वाणिज्य बैंकले २ कम्पनीलाई दियो अन’दान रकम हस्तान्तरण

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०६:०३

राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFW बैंक मार्फत  सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’  को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैंया रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् ।

 

उनले हालसम्म १९ वटा उद्योगहरुलाई ६ करोड ९४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए। नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी
तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA)  को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

 

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठुला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त ह७३घढसने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुन रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइनेछ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, प्रबन्धक रामजी भण्डारी, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः हेमेन शाक्य,सरोज न्यौपाने लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

प्रतिकृया