• २९ भदौ २०८३, सोमबार
  • ७ः१४ बिहान

पत्रकार महासंघमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०५:५६

भक्तपुर: नेपाल पत्रकार महासंघको आसन्न तीनै तहको निर्वाचनमा सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा भक्तपुरका अग्रज पत्रकारहरुले जोड दिनुभएको छ ।रफत सञ्चार क्लबमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले महासंघमा निरन्तर रुपमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाहरुको सक्षम नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

National Life

 

सके देशैभर नसके पनि सर्बसम्मत रुपमा सबै बिचार,क्षेत्र र आस्थाका पत्रकारलाई समेटेर भक्तपुर शाखाको नेतृत्व चयन गर्नु पर्नेमा जोड दिनुभयो । श्रमजीवी पत्रकारहको हकहितको पक्षमा आवाज उठाउने, स्वरोजगारमूलक साना लगानी सञ्चार माध्यमको संरक्षण प्रर्वद्धन गर्न, समानुपातिक बिज्ञापन प्रणाली लागू गराउन, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न, पत्रकार आचार संहिताको पालना तथा अनुगमनमा जोड दिन सक्ने र पत्रकारका लागि खोज पत्रकारिता एवं क्षमता बिकासमा जोड दिन सक्ने नेतृत्व सर्बसम्मत चयन गर्नुपर्नेमा पत्रकारहरुले जोड दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

पत्रकारिता क्षेत्रको समग्र बिकासमा लाग्न सक्ने नयाँ नेतृत्व अबको आवश्यकता रहेको औल्याउदै पत्रकारहरुले फरक बिचार भएतापनि पत्रकारिताको क्षेत्रमा एकताबद्ध भएर जुट्ने र पत्रकार महासंघको एउटै छातामा सबै अट्न सक्ने गरि जानु पर्ने बताईएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ काठमाडौं उपत्यका प्रदेश समिति सचिव अमर भुजुले पत्रकार महासंघ सबैको साझा संस्था भएकाले यसमा सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले केन्द्रमा प्रेस युनियनले पत्रकार महासंघको आगामी नेतृत्व सहमतिमा चयन गर्ने अभियान चलाए जस्तै प्रदेश र जिल्ला जिल्लामा पनि चलाउनुपर्ने र महासंघको नेतृत्व चयनलाई पत्रकारको सहमति,सहकार्य र एकताको आधारमा चयन गर्नुपर्ने बताउनुभयो ।

 

सो अवसरमा भक्तपुर पत्रकार महासंघका संस्थापक सभापति रमेश खड्का, पूर्व सभापति विकलप्रसाद श्रेष्ठ, क्रियाशिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस संगठन नेपाल भक्तपुर शाखाका सहसंयोजक सञ्जीव सुभचिन्तक, हाम्रो समाज साप्ताहिकका सम्पादक मणिराम लामिछाने,पत्रकार महासंघ भक्तपुर शाखाका पूर्व सचिब जगत प्रजापति,रफत सञ्चार क्लबका अध्यक्ष शुसिलबन्धु थापा लगायतले सञ्चार क्षेत्रको विकासमा आगामी नेतृत्वले अझै सफल भूमिका निर्वाह गर्न सक्ने व्यक्ति चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया