• २९ भदौ २०८३, सोमबार
  • १२ः३२ दिउँसो

तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०३:२५

काठमाडौ:  यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ।

National Life

मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ।

मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्ड बमोजिम भार ओसारपसार गर्नुपर्ने भएपनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा गुनासो आएको प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले यसअघि नै चितवनको अपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ। विभागको सडक सुरक्षाका लागि मुख्य सडकमा तौल पुल निर्माण गरी सवारीसाधनको भारवाहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना रहेको छ।

प्रतिकृया