• २८ भदौ २०८३, आइतबार
  • ११ः४७ राती

सडक पेटीमा सुतिरहेका व्यक्तिको ढुङ्गाले हिर्काएर हत्या

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ११:३७

काठमाडौं: काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको हत्या भएको छ । कलङ्कीस्थित थापागाउँमा बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा चौधरी थरका पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो ।

National Life

हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

अपराध महाशाखा, परिसर काठमाडौं र प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले थापालाई ढुंगेअड्डाबाट पक्राउ गरेको हो । कलंकी क्षेत्रमा मजदुरी गरेर खाइ हिँड्ने चौधरीको टाउकोमा चोट लागेको छ । उनको शव शहीद अस्पताल कलङ्कीमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

थापाले ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । आइतबार विहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आरोपीले ढुंगाले हिर्काएर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ

प्रतिकृया