• २९ भदौ २०८३, सोमबार
  • ११ः२४ बिहान

ओलीलाई हटाउन सोचे जस्तो सहज छैन : प्रकाशमान सिंह

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ११:५९

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ नेकपा एमाले र सत्ता साझेदार नेकपा माओवादी केन्द्रको शब्दकोषबाट नैतिकता शब्द हराएको बताएका छन् । आइतबार बिहान ठमेलको चाक्सीबारीस्थित आफ्नो निवासमा आयोजित कार्यक्रममा उनले एमाले र माओवादीको शब्दकोषबाट नैतिकता शब्द हराएको बताए ।

National Life

‘जनतासित जुन म्यान्डेट लिएर आएका थिए त्यो म्यान्डेट पूरा गर्न नसकेपछि अब अलि कति नैतिकता देखाइदिएर राजनीतिप्रतिको विश्वास बढाउलान् कि भनेको झनै आदर्शका कुरा गरेर सत्तामा टाँसिरहेका छन्,’ नेता सिंहले भने ।

उनले काँग्रेस एक्लैको प्रयासले नैतिकताहीन सरकारको विकल्प दिन नसकिने स्पष्ट पार्दै उनले ‘केपी ओली नेतृत्वको सरकार हटाउने कुरा सोचे जस्तो सहज नभएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘ओली सरकारको बहिर्गमनको लागि एकातिर माओवादीले समर्थन फिर्ता लिन अलमल गरिरहेको छ । अर्कोतिर जसपा ओली सरकारका विषयमा प्रस्ट हुन सकिरहेको छैन,’ सिंहले भने, ‘काँग्रेसले केही गर्ने भन्नुभन्दा जसपा र माओवादीले पहिले सरकारका बारेमा स्पष्ट हुन जरुरी छ ।

माओवादी र जसपाले सरकार ढलाउने औपचारिक निर्णय लिए मुलुकमा देखिएको अन्योलता चिर्न काँग्रेस तयार रहेको भन्दै उनले काँग्रेस जिम्मेवारी लिएर परिस्थितिलाई सम्हालेर जान तयार रहेको बताए ।

कार्यक्रममा नेता सिंहले विश्वकर्मा समाजका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद विश्वकर्मासहित डेढ दर्जन अगुवाहरुलाई काँग्रेसमा प्रवेश गराएका छन् । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश रसाइली, संविधान सभा सदस्य दिपक कुईंकेल, काँग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बनियाँलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया