• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०३ बेलुका

अग्रिम आयकर बढी भए फिर्ता लिनै कठिन

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०६:२६

काठमाडौं: किस्ताबन्दीमा बुझाएको अग्रिम कर रकम अन्तिम कर आय विवरणभन्दा बढी भएमा सजिलै फिर्ता पाउनुपर्ने नियम भए पनि करदाताले सहजै पाउन सकेका छैनन् ।

National Life

आयकर ऐनको दफा ११३ र आयकर नियमावली २०५९ को नियम ३६ मा कर फिर्ताको प्रावधान राखिएको छ तर कर अधिकारीहरूलाई फिर्ता गर्ने अधिकार नहुँदा व्यावहारिक समस्या निम्तिएको हो ।

आयकर ऐन २०५८ अनुसार, करदाताले पुस, चैत र असार मसान्तमा सो आर्थिक वर्षको सम्भावित आयकरबापतको रकम अग्रिम रूपमा कर कार्यालयहरूमा बुझाउनुपर्छ । यस्तो रकम पुसमा ४० प्रतिशत, चैत र असारमा ३०र३० प्रतिशत तिर्नुपर्ने कानूनी व्यवस्था छ । यसरी अग्रिम रूपमा बुझाउने कर सम्भावित कर दायित्वको निश्चित प्रतिशतभन्दा कम भएमा करदाताले जरीवाना नै तिर्नुपर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

किस्ताबन्दीमा बुझाएको अग्रिम कर रकम अन्तिम कर आय विवरणभन्दा बढी भएमा सजिलै फिर्ता पाउनुपर्ने कानूनी व्यवस्था भए पनि पाउन नसकिएको व्यवसायीको गुनासो रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिकृया