काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले निजी क्षेत्रका व्यवसायी नेकपा एमाले मा प्रवेश गरेको विषयमा कडा टिप्पणी गरेका छन् । तीन सयभन्दा बढि उद्योग तथा व्यवसायीहरु एमालेमा प्रवेश गरेका थिए ।
डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत निजी क्षेत्रका व्यवसायी सत्ताधारी पार्टी प्रवेश गर्न तँछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रुपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझै क्रोनिक बनाउनु भएको बताएका छन् ।
उनले लेखेका छन् “निजीक्षेत्रका व्यवसायी सत्ताधारी पार्टीमा प्रवेश गर्न तॅछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रूपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउनु हो। निजी क्षेत्रले त लगानीमैत्री वातावरण,विधिको शासन,रोजगारीरनिर्यात प्रबर्धन आदि पो खोज्ने हो१सबै उही ड्यांगका मुलारु”
प्रतिकृया