• २५ भदौ २०८३, बिहीबार
  • ३ः४३ दिउँसो

उद्यमीरव्यवसायी एमालेमा प्रवेश गरेपछि बाबुरामको टिप्पणी: सबै उही ड्यांगका मुला

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०६:२२

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले निजी क्षेत्रका व्यवसायी नेकपा एमाले मा प्रवेश गरेको विषयमा कडा टिप्पणी गरेका छन् । तीन सयभन्दा बढि उद्योग तथा व्यवसायीहरु एमालेमा प्रवेश गरेका थिए ।

National Life

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत निजी क्षेत्रका व्यवसायी सत्ताधारी पार्टी प्रवेश गर्न तँछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रुपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझै क्रोनिक बनाउनु भएको बताएका छन् ।

उनले लेखेका छन् “निजीक्षेत्रका व्यवसायी सत्ताधारी पार्टीमा प्रवेश गर्न तॅछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रूपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउनु हो। निजी क्षेत्रले त लगानीमैत्री वातावरण,विधिको शासन,रोजगारीरनिर्यात प्रबर्धन आदि पो खोज्ने हो१सबै उही ड्यांगका मुलारु”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया