• २१ भदौ २०८३, आइतबार
  • ४ः०९ बेलुका

माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०२:५९

काठमाडौ: नेकपा एमालेको केपी शर्मा ओली पक्षले कर्णाली प्रदेश सरकारबाट पार्टीको समर्थन फिर्ता लिने घोषणा गरेको छ।माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकार रहेको छ। त्यतिबेला सत्ता गठबन्धनमा एमालेले उनलाई साथ दिएको थियो। माओवादी र एमाले पार्टी एकीकरण भएपछि शाही नेकपाको बहुमतप्राप्त मुख्यमन्त्री थिए।

National Life

सर्वोच्च अदालतले नेकपा नाम बदर गर्दै पार्टी एकीकरण सामेत खारेज गरी एमाले र माओवादी ब्युँताएपछि केपी ओली पक्षले समर्थन फिर्ता लिने निर्णय गरेको हो। नेकपाका रुपमा रहँदा तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डसहित तत्कालीन एमाले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र ओली समूहबीच फुटको स्थिति बनेको थियो। नेपाल समूह अहिले पनि एमाले पनि संघर्ष गरिरहेको छ।

पार्टीले बुधबार गरेको निर्णयअनुसार बिहीबारदेखि लागु हुनेगरि तीन मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एमाले इन्चार्ज यामलाल कँडेलले जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया