• २९ भदौ २०८३, सोमबार
  • ३ः३१ दिउँसो

संन्यास लिएका धोनी बने भिक्षु 

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०६:१४

काठमाडौँ : भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी बुद्ध भिक्षुको अवतारमा देखिएका छन् । स्टार स्पोर्ट्सले हालै धोनीको नयाँ लुकको भिडियो आफ्नो ट्विटर र इन्स्टाग्राममा जारी गरेको छ ।

National Life

९ सेकेन्डको भिडियोमा धोनी बौद्ध भिक्षुको रूपमा देखिन्छन्। यो भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ । आइपिएलको १४ औँ सिजनको तयारीमा चेन्नई सुपर किङ्गसको प्रशिक्षण शिविरमा रहेका धोनी एकाएक भिक्षु अवतारमा देखा परेका हुन् । धोनीले यो प्रोमोमा भनिरहेका छन्, ‘यस्तो अवतारको कारण के हो रु चाँडै नै थाहा हुनेछ ।’

यो भिडियो र तस्बिर केका लागि खिचिएको हो प्रस्ट नभए पनि विज्ञापनका लागि हुनसक्ने अनुमान लगाउन सकिन्छ । तर धोनीको यो नयाँ लुक सोशल मिडियामा एकदम छिटो ट्रेन्ड हुँदै छ। धोनीले टाउको खौरिएका छन् भने उनले बौद्ध भिक्षुजस्तो कपडा लगाएर कुनै जङ्गलमा देखिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

धोनीको सबैभन्दा महत्त्वपूर्ण कुरा तनावको स्थितिमा पनि उनी एउटा बौद्ध भिक्षु जस्तै शान्त रहन्थे। शान्त रूपकै कारण उनले हारिसकेको खेलबाट भारतलाई धेरै खेलहरूबाट बाहिर निकालेर जिताए। धोनीको यो शान्त स्वभावलाई अब स्टार स्पोर्ट्सले बौद्ध भिक्षुको रूपमा दिएको छ। धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

प्रतिकृया