• २२ भदौ २०८३, सोमबार
  • १०ः४१ राती

बाँकेमा हातहतियार सहित एक जना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र १ गते, आईतवार १२:४३

काठमाण्डौँ : अवैध हातहतियार सहित राप्ति सोनारी गाउँपालिका ५ जबरपुर बस्ने ऋषिराम थारु पक्राउ परेका छन् । थारु दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटन र बदेलको दात १ वटा सहित फेला परे । ईलाका प्रहरी कार्यालय बैजापुरमा खटिएका प्रहिरीले ऋषिरामको घरबाट ती हतियारहरु फेला पारेको जानकारी गराए ।

National Life

उक्त घटनामा थारुका भाइ लाल बहादुर थारु पनि संलग्न रहेको प्रहरीले जनाएका छन् । लाल बहादुर थारुको घरबाट पनि विभिन्न हतियारहरु प्रहरीले बरामत गरेका छन् ।

उक्त घटना पछि लाल बहादुर थारु फरार रहेको र थारुको खोजी कार्य जारि रहेको कुरा प्रहरीले बाताए । यस घटनाको थप अनुसन्धान हुन अझैँ बाँकि रहेको कुरा पनि जानकारी गराए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया