गागलफेदी यातायातमा मेगा बैकंको क्युआर भुक्तानी सेवा सुरु
प्रकाशित मिति
२०७७ चैत्र १ गते, आईतवार १२:५६
काठमाडौं: मेगा बैंक नेपालले गागलफेदी यातायात प्रालिले सञ्चालन गर्ने यात्रुबाहक बसहरुमा क्यूआर कोडबाट भाडा भुक्तानी सुविधा सुरु गरेको छ।एक औपचारिक कार्यक्रम गरेर भुक्तानी ब्यवस्था मिलाइएको घोषणा गरिएको छ। बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए। गागलफेदी यातायातका अध्यक्ष मधुसुदन केसी खड्काले क्यूआर कोडको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुबैलाई सहज हुने बताए।
कार्यक्रममा गागलफेदी यातायात प्रालिका संचालकहरु बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य शेयरधनीहरुको उपस्थिति थियो। गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ।





प्रतिकृया