• ४ साउन २०८३, सोमबार
  • १:२१ बिहान

सरकारले अब पुजारी बन्नको लागि पनि न्यूनतम योग्यता तोक्ने

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०३:०३

काठमाडौं । सरकारले अब पुजारी बन्नको लागि पनि न्यूनतम योग्यता तोक्ने तयारी गरेको छ । मन्त्र नजान्ने पुजारी हुन नपाइने भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले संघीय संसदमा प्रस्ताव गरेको गुठी सम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयकमा पुजारी तथा कामदारको नियुक्तिको न्यूनतम योग्यता तोकिएको हो ।

Kamana Sewa

सो विधेयकको दफा ३३ मा पुजारी तथा कामदारको नियुक्ति सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपदफा १ मा धार्मिकस्थल व्यवस्थापन समितिले धार्मिकस्थलको पुजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्न सक्ने उल्लेख छ ।

Classic Tech Desktop

त्यसैको उपदफा २ मा उपदफा ९१० बमोजिम पुजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्दा धार्मिकस्थलको आगममा आधारित भएर गर्नु पर्ने उल्लेख छ । यसका लागि अहिले संसदको राष्ट्रिय सभामा दर्ता गरिएको छ ।

बिभिन्न जातिका मान्छे पुजारी भएको भनेर यस विषयमा पहिल्यै देखि नै विवाद हुँदै आएको थियो। अब कार्यन्वयन हुने देखिएको छ ।

प्रतिकृया