• २८ भदौ २०८३, आइतबार
  • ५ः२५ बेलुका

मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०२:२३

काठमाडौं :काठमाडौं टोखा नगरपालिका -६ धापासीस्थित कुँवर कोलेनी नजिकै बस्ने ६५ वर्षीया कमला तामाङ श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

National Life

गोरखा, पालुङटार नगरपालिका-५ स्थित चेपे नदीको किनारमा लमजुङ राईनास नगरपालिका-२ रेनीडाँडा बस्ने ३१ वर्षीय सिताराम कट्टेल बिहिबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, झिम्रुक गाउँपालिका-७ कुता पोखरा बस्ने २८ वर्षीया शुसीला कँवर घरदेखि करिब ८ सय मिटर पूर्व सालामेला रामपानीमा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ थारुटोलस्थित बाटोको छेउमा  नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मृत अवस्थामा फेला परेकी  प्रहरीले जनाएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 त्यस्तै आगोले जलेर ७ महिनाकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६ क्यानखोला बस्ने समिर वाईबाकी ७ महिनाकी छोरी अस्मिता वाईबाको आगोले जलेर बिहीबार बिहान मृत्यु भएको छ ।

प्रतिकृया