• २८ भदौ २०८३, आइतबार
  • ५ः२७ बेलुका

करेन्ट लागेर १ को मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०२:१७

संखुवासभा: धर्मदेबी नगरपालिका-६ फाक्सी बस्ने कमल बहादुर बस्नेतको ७ वर्षीय छोरा सिताराम बस्नेतको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

National Life

घर नजिकै खेल्ने क्रममा बिद्युतको पोलमा करेन्ट सर्ट भएको अवस्थामा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै दैलेखको  नारायण नगरपालिका-११ स्थित लोहोरे खोलामा डुबेर  मध्यपहाडी लोगमार्गमा काम गर्ने २० वर्षीय बिरेन्द्र भुषालको  मृत्यु भएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

तनहुँको शुक्ला गण्डकी नगरपालिका- ८ पुल्चोकस्थित सेती नदीमा डुबेर  ४६ वर्षीय हुम बहादुर थापाको बिहीबार दिउँसो मृत्यु भएको छ । प्रहरीले जनाएको छ।

प्रतिकृया