• ४ साउन २०८३, सोमबार
  • १:५८ बिहान

“अल्पायुमै बिछोड हुने युवा कलाकार हेमन्तलाई हार्दिक श्रद्धाञ्जलि”

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०१:०९

 

बागलुङ गलकोटबाट नवलपरासी गैंडाकोट-१ मा बसाइसराइ आउनुभएका नैष्ठिक नरीश्वर चालिसेका नाति खेमनारायण चालिसे र हीरा चालिसेका एकमात्र सन्ततिका रूपमा २०४४ माघ १८ गते जन्मिएका हेमन्त चालिसेले गैंडाकोटकै सरस्वती निकेतन आवासीय माविबाट एसएलसी, डोनबस्को कलेज काठमाडौंबाट प्लस टु, बम्बईबाट सिए पढ्ने प्रयास असफल भएपछि काठमाडौंमा नै रहेर त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरी विगत ९ वर्षदेखि वान वर्ड थिएटरमा कलाकार हुँदै प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हाल्दै आउनाका साथै आइएलटिएसका विद्यार्थीलाई समेत पढाउँदै आएका थिए ।

Kamana Sewa

आज अचानक गैंडाकोटस्थित हेमन्तको घरमा छिमेकीहरूको क्रमशः भीड बढ्दै गयो । साँझ ६ बजे काठमाडौंबाट एम्बुलेन्सले काठको बाकस बोकेर ल्यायो र उनको घरअगाडि छाडेर गयो । काठको बाकस घरको आँगनमा भित्रिएसँगै रुवावासी चल्यो । उनको प्राणविहीन शरीरको दर्शन गर्नेहरूको घुइँचो लाग्यो । अनुहार हेर्दा धपक्क बलेको ज्योतिजस्तो र एकछिन निदाएर उठिहाल्नान् जस्ता देखिन्थे तर उनी चिरनिद्रामा पुगेका रहेछन् । अधिकांश महिलाहरूका आँखाहरू रसाए भने पुरुषहरूले सकी नसकी आफ्ना आँखालाई रसाउन नदिने प्रयास गरे । एकोहोरो शंख बज्यो । उनलाई बाँसको डोली चढाइयो । सबै उनकै पछि पछि लागे । नारायणी नदीमा उनलाई अन्तिम बिदाइ गरेर रातको ११ बजे घर आइपुग्दा उनको घरमात्र होइन सबैका घरहरू शून्यजस्ता देखिए ।

Classic Tech Desktop

हेमन्तले अभिनय गरेका र उत्पादन गरेका नाटकहरू अनि एभि न्युजले चार हप्ताअघि व्यक्ति विषय र विशेष कार्यक्रममा २८ मिनेटसम्म दिएको अन्तर्वार्ता नै अब हामीले युट्युबमा सम्झनामा रहे । हामीसँग सदाका लागि बिदाइ भएका हेमन्त बाबुप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

सामाजिक संजालबाट

प्रतिकृया