• ११ असोज २०८३, आइतबार
  • ११ः२९ बिहान

शिवरात्रीको मुख्य आकर्षण सुनको जलहरी

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०५:१९

काठमाडौँ : महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले तयारी पुरा गरेको छ । कोषले महाशिवरात्रि पर्व २०७७ भव्य रूपमा सम्पन्न गर्न ११ वटा विभिन्न उपसमिति गठन गरी तयारी पुरा गरेको हो । यस वर्ष महाशिवरात्रीको मुख्य आकर्षण १०८ केजी सुनको जलहरी रहने छ । अघिल्लो वर्षमा पशुपति मन्दिर भित्र फूलको आकर्षक डिजाइन बनाइएको थियो भने यस वर्ष १०८ केजी सुनको जलहरी राखिएको छ ।

National Life

केही दिन अघि मात्रै पशुपतिनाथ मन्दिरमा १०८ केजी सुनको जलहरी राखिएसँगै अघिल्लो सालको शिवरात्रिको तुलनामा यस पटक दर्शन गर्न आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य बढोत्तरी हुने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं महाशिवरात्रि पर्व प्रचारप्रसार समितिका संयोजक डा। मिलनकुमार थापाले बताए ।

कोरोना महामारी कायमै रहेकाले मास्क लगाएर मात्रै भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश दिइने उनले बताए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिँगारिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्श नार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।

यसै बर्ष पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका ९जलहरी० स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा पूजा एवं प्राण प्रतिष्ठा गरेकी थिइन् ।

महाशिवरात्रीको अवसरमा दर्शनार्थीलाई दर्शन गर्नका लागि पशुपतिनाथमा कुनै अवरोध नपुगोस् भनी सवारी व्यवस्थापनको विशेष योजना सार्वजनिक गरिएको छ ।

प्रतिकृया