• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

बालकोट भिआईपी सडक शिलान्यास सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ११:४८

भक्तपुर । भक्तपुरको चारदोबाटो पुलबाट बालकोट चोक पुग्ने भिआईपी मार्गको सडक शिलान्यास गरिएको छ ।

संघीय सरकारको ५ करोड रुपैयाको लागतमा फुटपाथ सहितको आठ मिटर चौडाई हुने गरि बिस्तार हुन लागेको उक्त सडकको प्रतिनिधीसभाका सांसद, पूर्व उद्योग मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले शिलान्यास गर्नुभएको हो ।

Kamana Sewa

उहाँले विकासको बजेट कसले ल्याएको र शिलान्यास कसले गर्दैछ भनेर विकासको विरोध नगर्ने बताउदै मान्छे भित्र आत्माले हुने र आत्माले भनेको गरे कहिल्यै गलत नहुने धारणा ब्यक्त गर्नुभयो ।

Classic Tech Desktop

कार्यक्रममा उहाँले कसैले पनि विकासको विरोध गर्न नहुने बताउदै यो वा त्यो बाहनामा बजेट फिर्ता पठाउने गरि हुने षडयन्त्रलाई चिर्दै जानु पर्नेमा जोड दिनु्भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले क्यालेन्डर बनाएर विकासका कार्यहरु अगाडि बढाएको बताउनुभयो ।

सूर्यविनायकको विकास देखेर अरु नगरपालिका समेत छक्क परेको दाबी गर्दै उहाँले नगरपालिका मेयरले मात्रै नभई जनताको सल्लाह र सुझाबले चलेकाले विकासमा जनताको समर्थन पाएको बताउनुभयो ।

सडक आगामी चैत महिनासम्ममा निर्माण सम्पन्न गरि कालोपत्र गरिसक्नु पर्ने गरि बिस्तार हुने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख वेदप्रसाद भुषालले जानकारी दिनु्भयो ।

प्रतिकृया