• २८ भदौ २०८३, आइतबार
  • १२ः०४ दिउँसो

उत्कृष्ट प्रेरक प्रसंग ‘सबैमा ईश्वर’

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०६:१८

शिष्यले सोध्यो— ‘ईश्वर कहाँ छ ?

National Life

गुरूले भने— ‘सबैमा ।’

बाटोमा एउटा हात्ती बेकावु हुँदै आयो । पछि पछि माहुते चिच्याइरहेको थियो— बाटोबाट हट, हात्ती पागल भएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

गुरू छेउतिर लागे, शिष्य गुरुको कुरालाई याद गर्दै बीच बाटोमै उभियो— ‘जब सबैमा ईश्वर छन् भने हात्तीमा पनि होला ।’

हात्ती उफ्रँदै शिष्यको नजिक आयो र सुँढले उठाएर टाढा झाडीमा फ्याँकिदियो ।

शिष्य घाइते भयो । उसले गुरुसँग सोध्यो— ‘तपाईंले त ईश्वर सबैमा छन् भन्नुभएको थयो । तैपनि यस्तो किन भयो रु’

‘ईश्वर त त्यस माहुतेभित्र पनि थियो, जो हात्तीको पछाडि चिच्याउँदै आइरहेको थियो । बाटोबाट हट, हात्ती पागल भएको छ भन्दै थियो । तिमीले उसका कुरा किन मानेनौँ ? -साभार  ‘प्रेरक प्रसङ्ग’ किताबबाट

 

प्रतिकृया