• २९ भदौ २०८३, सोमबार
  • ७ः१७ बिहान

२६ नक्कली परीक्षार्थी पक्राउसहित थप ५ घटनाहरु

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०५:१९

२६ नक्कली परीक्षार्थी पक्राउ
कञ्चनपुर महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

National Life

लोकसेवा आयोग दिपायल केन्द्रबाट संचालन भएको प्रहरी जवान ९ खुल्ला तथा समाबेशी जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रबेश पत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षर समेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो । नेपाल प्रहरीको जनपदतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काको नाममा दिने ४ जनालाई शनिबार दिउँसो प्रहरीले डोटीबाट पक्राउ गरेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
उदयपुर, त्रियुगा नगरपालिका ६ लालपत्ताबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल डाइजेपाम, ३५ एम्पुल लुपिजेसिक र ३५ एम्पुल फेनारगन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका ३ बस्ने २३ वर्षीय लु।५१ प ७११३ मोटरसाइकल चालक सुजित  चौधरी र सप्तरी खडक नगरपालिका १ बस्ने २२ वर्षीय महेश कुमार चौधरी रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

झापा, भद्रपुर नगरपालिका ८ सगरमाथा चोक नजिकबाट ४ ग्राम ३६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश राजबंशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यसैगरि बुद्धशान्ति गाउँपालिका ३ झिलमिले पुलबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १२ चक्की र ५३ क्यापसुल ट्रामाडोल सहित सोही ठाउँ बस्ने २३ वर्षीय मुकुन्द राजवंशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, बिराटनगर महानगरपालिक-४ बरगाछीबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय राज राई लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरीले उनीहरूलाई को।१ ह ६७४८ नम्बरको अटोमा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-४ बाट ८० ट्याब्लेट नियन्रिा त लागुऔषध स्पास्मो प्रोक्सिभिन सहित कैलाली धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने २८ वर्षीय डिल्ली राज मिश्रलाई २  प ४८०७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सवारी दुर्घटनामा ९ जनाको मृत्यु
दार्चुला, ललितपुर, मोरङ, महोत्तरी, रोल्पा र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । दार्चुला, लेकम गाउँपालका ६ बनस्याडीस्थित सडकमा ग।३ च १६९३ नम्बरको जीप सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा जिप चालक सोही ठाउँ बस्ने ३८ वर्षीय करन नाथ लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको र सवार अन्य ४ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाइएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-१० कोर्टडाडाँस्थित सडकमा बा।१९ प ६५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं चाबहिल बस्ने ललितपुर गोदावरी नगरपालिका-२ त्रिबेणी घर भएका ४९ वर्षीय मरिचमान नगरकोटीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउस्थित सडकमा प्रदेश २-०२-००१ प ३८७८ नम्बरको मोटरसाइकल र बा।४ ख ६९६ नम्बरको हाईस गाडी एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा लबारी नगरपालिक(११ बस्ने २१ वर्षीय मनोज कटुवाल र बेलबारी नगरपालिका-११ बस्ने २१ वर्षीय अर्जुन न्यौपानेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका हाइस चालक र सहचालकको बिराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरी, गौशाला नगरपालिका-३ नबराजपुरस्थित सडकमा ज।२ प ५८७३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ रजखोर बस्ने २५ वर्षीय केदार आले मगरको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

रोल्पा, रुन्टिगढी गाउँपालिक-६ गातिनास्थित सडकमा रा।७ त ६४०० नम्बरको ट्याक्टरको ट्रलीमा च्यापिएर ट्याक्टरमा सवार रुन्टिगढी गाउँपालिका(६ गातीना बस्ने ३१ वर्षीय खगेन्द्र रानाको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-७ बुलौदीस्थित सडकमा ग।५ प ८३६४ नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-६ बैदाम बस्ने धनकुटा सहिद भूमी गाउँपालिका-१ हुगुवा घर भएका ४७ वर्षीय जित बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागी
सुनसरी, देवानगंज गाउँपालिका-४ मेहेता टोल बस्ने ५५ वर्षीय शिव नारायण मेहताको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा १।५ तोला सुन, १० तोला चाँदी, लत्ताकपडा र नगद ४० हजार रुपैयाँ समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सल्यान, कपुरकोट गाउँपालिका(२ गर्पास्थित नमुना बाल बिकास बोर्डिङ स्कुलभित्र सोही ठाउँ बस्ने लिलावती बस्नेतको घुम्ती पसलमा भुसे चुलोमा बालेको आगोबाट शनिबार दिउँसो आगलागी हुँदा भाँडावर्तन र खुद्रा सामाग्री जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धरान उपमहानगरपालिका-१७ स्थित ज्वलामुखी माध्यमिक विद्यालय पटनालिको अफिस कोठामा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा फर्निचरहरु, अफिसियल कागजपत्र, २ थान ल्यापटप, २ थान फोटोकपी मेसिन र नगद समेत जलेर नष्ट भएको छ । क्षतिको एकिन विवरण खुल्न सकेको छैन । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला पारिएको
काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१ रबिओपी बस्ने ३९ वर्षीया सञ्चुी माया तामाङ बनेपा नगरपालिका-५ जलेश्वपरी खोलाको छेउमा शनिबार मृत अबस्थामा फेला परेकी छन् ।

धादिङ, गजुरी गाउँपालिका२ मजुवा डाँडास्थित एकराज पाण्डेको घरमा बिगत १० वर्षदेखि आश्रय लिई बस्दै आएका सर्लाही हरिवन नगरपालिका-५ घर भएका ६५ वर्षीय हर्क बहादुर माझी सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।
लडेर मृत्यु
रसुवा, कालिका गाउँपालिका-१ मैलुङस्थित निर्माणिधिन अपर त्रिशुली हाईड्रो पावरमा काम गर्नेक्रममा करिब ३ सय मिटर तल खसेर सुर्खेत पाताखानीका ४६ वर्षीय खड्क बहादुर पुलामी मगरको शनिबार मृत्यु भएको छ ।

वागलुङ, बरेङ गाउँपालिका-२ गुरुङ डाँडा बस्ने ३८ वर्षीया सरस्वती घर्तीको सोही ठाउँस्थित बजेनि डाँडाको खरबारीबाट करिब सय मिटर तल खसेर शनिबार मृत्यु भएको छ । सरस्वती स्याउला सोर्न भनि गएकोमा साँझसम्म घर नफर्किएपछि स्थानियहरुले खोजी गर्नेक्रममा उक्त ठाउँमा लडेर वेहोस भएको अवस्थामा उनलाई फेला पारी घर ल्याउँदा उनको मृत्यु भएको बुझिएको छ ।

ताप्लेजुङ,मिक्वाखोला गाउँपालिका-२ स्थित मिडिल तमोर सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटो सहितको पहिरोमा परेर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामीको घटनास्थलमै शनिबार मृत्यु भएको छ ।

प्रतिकृया