सुनचाँदीको मूल्यमा सोमबार पनि उकालो, तोलामा १ सयले बढ्यो, चाँदी १५ रुपैयाँ बढ्यो
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार १२:२०
काठमाडौं। लगातार घट्न थालेको सुनको अन्तर्राष्ट्रिय बजारमा सोमबार सामान्य सुधार भएको छ। नेपाली बजारमा सोमार सुनको मुल्य एक सय रुपैयाँ बढेर प्रतितोला ८६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै ठूलो अंकको घटबढ नभएकाले भाउ सामान्य मात्रै बढेको हो।
आइतबार प्रतिऔंस १७०१।०९ डलरमा कारोबार भएको सुन सोमबार १७०७।८७ पुगेको छ। यसअघि घटेको कारोबार गत शुक्रबार १६९२।७९ डलर प्रतिऔंससम्म पुगेको थियो। शुक्रबारको कारोबार हेर्दै लगातार घट्ने लगानीकर्ताको आकलन विपरीत सुनको कारोबारमा सामान्य सुधार देखिएको हो।
यसअघि गत शुक्रबारका तुलनामा आइतबार ५ सय रुपैयाँले बढ्दा प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबारसम्म मूल्य घट्दै प्रतितोला ८५ हजार ५ सय रुपैयाँसम्म आइपुगेको थियो।
सोमबार चाँदीमा पनि सामान्य बढोत्तरी छ। आइतबारभन्दा १५ रुपैयाँ बढ्दा प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। गत आइतबार प्रतितोला १२ सय ५० रुपैयाँमा स्थिर थियो। अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार २५।१७ डलर प्रतिऔंसमा कारोबार भएको चाँदी सोमबार बिहान २५।६२ डलर पुगेको छ। यसअघि आइतबार प्रतिऔंस २५।२४ डलरमा कारोबार भएको थियो।






प्रतिकृया