• ११ असोज २०८३, आइतबार
  • २ः५४ राती

कपुरकोट र तुलसिपुरलाई जोड्ने झोलुंगे पुल निर्माण कार्य शुरु

प्रकाशित मिति

२०७७ फाल्गुन २४ गते, सोमबार ०८:२९

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका र दाङको तुलसिपुर उपमहानगरपालिकालाई जोड्ने सामुदायीक झोलुंगे पुलको निर्माण कार्य शुरु भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले आइतबार कपुरकोट ३ धैरेनीमा निर्माण शुरु भएको झोलुंगे पुलको सिलान्यास गरेका छन् ।

National Life

झोलुंगे पुल क्षेत्रगत कार्यक्रम र कपुरकोट गाउँपालिकाको लगानीमा ६७ मिटर लामो पुल निर्माण गर्न लागिएको कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष रहेका सेनले जनाए । कपुरकोट ३ धैरेनी र तुलसिपुर ३ राम्रीलाइ झोलुंगे पुलले जोड्ने छ । ३५ लाख १६ हजार ४ सय ९७ रुपैयाँको लागतमा यसै वर्ष निर्माण भइसक्ने झोलुंगे पुलले पाखापानी, लामिडाँडा, धैरेनी र राम्री गाउँका धेरै नागरिकलाई प्रत्यक्ष फाइदा पुर्याउने अध्यक्ष सेनले जनाए ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको केन्द्रीय अनुदान २९ लाख ८९ हजार २२ रुपैयाँ, कपुुरकोट गाउँपालिकाको आन्तरिक श्रोतबाट ४ लाख ५७ हजार १ सय ४४ र जनश्रमदान ७० हजार ३ सय २९ रुपैयाँ झोलुंगे पुलमा लगानी हुने छ । झोलुंगे पुल निर्माण भएमा वर्षायामको समयमा पनि दाङको तुलसिपुर सम्म गाउँमा उत्पादन भएको बस्तु लग्न तथा आवत जावत गर्न सहज हुने कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

झोलुंगे पुल निर्माण कार्यमा झोलुंगे पुल सहयोग इकाइ, हुरेन्डेक सेवक नेपाल र शारदा नेपाल संस्थाको पनि सामाजिक र प्राविधिक सहयोग रहेको छ । कपुरकोट ५ र ६ लाई जोड्ने गरी कपुरकोट ५ घुरखोलामा पनि ट्रस पुल निर्माण कार्य शुरु भएको शारदा नेपालका कार्यक्रम संयोजक रमेश भण्डारीले जनाए । दुबै पुल अवको दुई महिना भित्रै निर्माण भइसक्ने पनि उनले जानकारि दिए ।

धैरेनीखोला झोलुंगे पुल सिलान्यास कार्यक्रमको अध्यक्षता निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर रोकाले गरेका थिए भने सो अवसरमा कपुरकोट गाउँसभाका सदस्य चित्र बहादुर थापा, गाउँपालिकाका जिन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेन, सव डिभिजन वन कार्यालय कपुरकोटका डिल बहादुर बुढाथोकी लगाएतको सहभागीता थियो । कार्यक्रमको ससहजिकरण शंकर केसीले गरेका थिए ।

प्रतिकृया