• ९ असोज २०८३, शुक्रबार
  • ७ः०२ बेलुका

बायर्नसँग डर्टमण्ड निरिह

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०७:५२

एजेन्सी: जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखसँग बोरुसिया डर्टमण्ड निरिह भएको छ । शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोलले हराएको छ ।घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई शानदार जित दिलाए ।

National Life

खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाए । नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो । २६औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए । ४४औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।
८८औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए । ९० औँ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई ४-२ को जित दिलाए । जितसँगै बायर्न लिगको शीर्ष स्थान यथावत छ । बायर्नले २४ खेलमा ५५ अंक छ । डर्टमण्ड ३९ अंकसहित छैटौँ स्थानमा छ ।

प्रतिकृया