• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

सरकार परिवर्तनको संकेत भएको कांग्रेस नेता सिंहको दाबी

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०९:५६

बुटवल । नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले सरकार परिवर्तनको लक्षणका रेखाहरु देखा पर्न थालेको बताएका छन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण

मा रहेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे सहमति बाहिर ल्याउनु असामान्य देखिएकोले यो नै सरकार परिवर्तनको संकेत भएको नेता सिंहले दाबी गरेका छन् ।

Kamana Sewa

शनिबार रिपोर्टस् क्लब बुटवलद्वारा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले प्रधानमन्त्री ओलीलाई भारतले अन्तरिम प्रधानमन्त्रीको रुपमा बुझोस् भन्ने नियतका साथ प्रचण्डले सहमतिपत्र प्रकाशमा ल्याएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको यो सरकार काण्डै काण्डको सरकार भएको बताउँदै उनले बालुवाटार जग्गा, ३३ किलो सुनकाण्ड, वाईडवडी, एनसेल, आयल निगमको जग्गा काण्डमा प्रधानमन्त्रीको संलग्नता रहेको समेत आरोप लगाएका छन् ।

Classic Tech Desktop

प्रतिकृया