• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

भारतमा विदेशमन्त्री परिवर्तन हुँदा नेपालमा कुनै असर पर्दैनः ‘प्रचण्ड’

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०९:४६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा विदेशमन्त्री परिवर्तन हुँदा नेपालमा कुनै असर नपर्ने बताएका छन् ।

 विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने बताए ।

Kamana Sewa

साथै उनले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गरे ।

Classic Tech Desktop

उनले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग आग्रह गरे । दुई पार्टीबीच भएको निर्णय पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले यही जेठ २० गते बस्ने सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिए ।

प्रतिकृया