• २५ भदौ २०८३, बिहीबार
  • ९ः३८ राती

सेभियालाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइनलमा

प्रकाशित मिति

२०७७ फाल्गुन २० गते, बिहीबार १०:३०

काठमाडौं: स्पेनिस कोपा डेल रेमा बार्सिलोना उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पुगेको छ । सेभियासँग पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोना दोस्रो लेगमा ३–० को जित निकाल्दै समग्रमा ३–२ को जितसहित फाइलन स्थान बनाउन सफल भयो।

National Life

घरेलु मैदानमा बार्सिलोनलााई जित दिलाउन ओसमान डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटल गोल गरे । बार्सिलोनाले सेभियाविरुद्ध पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

१२औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेल १–०मै सकिन लाग्दा दोस्रो हाफको इन्जुरी समयमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोनाको फाइनल पुग्ने सम्भावना जिवित रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि थप गरिएको ३० मिनेटको समयको पाँचौ मिनेटमा ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाको पुनरागमन जित सम्भव भएको थियो । खेलमा सेभियाका रोगेजले दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।

अब उपाधिका लागि बार्सिलोनाले एथ्लेटिक्स बिल्बाओ र लेभान्तेबीचको विजेतासँग खेल्ने छ।

 

प्रतिकृया